प्रस, वीरगंज, २२ फागुन/
जिल्ला प्रहरी कार्यालय, पर्साले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ ।

सोमवार वीरगंज–१६ रजतजयन्ती चोकबाट प्रहरी चौकी इनर्वाले भारत, रक्सौलबाट वीरगंज आउँदै गरेको प्र.२–०३–००८ प १४३४ नम्बरको स्कूटीमा सवार रौतहट, गुजरा नगरपालिका–३ कटानी बस्ने ३२ वर्षीय भीमबहादुर वाइवा र पछाडि बस्ने २५ वर्षीय मिलन तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । वाइवाले लगाएको हेलमेटभित्रबाट प्रहरीले १२.२४० ग्राम खैरो हेरोइन बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।

यसैगरी, सोमवार प्रहरीले शङ्कराचार्यद्वारबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
रक्सौलबाट वीरगंज पैदल आइरहेका हेटौंडा उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय गणेश घिमिरेको साथबाट नुर्पिmन, फेनारगन, डाइजेपाम २०/२० एम्पुल र बकैया गाउँपालिका–५ बस्ने ३५ वर्षीय विकाश भोलनको साथबाट नुर्पिmन, डाइजेपाम र फेनारगन २५/२५ एम्पुल बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

यसैगरी, प्रहरीले बिलबीजकभन्दा बढी हार्डवेयर लोड ट्रकलाई सोमवार नियन्त्रणमा लिएको छ । वीरगंजबाट काठमाडौ जाँदै गरेको ना.८ख ६१७१ नम्बरको ट्रकलाई गण्डकमा चेकजाँच गर्दा बिलबीजक शङ्कास्पद देखिएपछि ४८ लाख ८७ हजार मूल्य बराबरको हार्डवेयरका सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आज राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको जिप्रका, पर्साले जनाएको छ ।

यसैगरी जिप्रका, बाराले ३४ लाख ९२ हजार बराबरको सामानसहित ट्रक र पिकअप नियन्त्रणमा लिएको छ ।

सोमवार कलैया उपमहानगरपालिका–१२ कोइरिया टोलाबाट वीरगंजबाट कलैया आउँदै गरेको अटोमा लोड रहेको ७० हजार मूल्य बारबरको कपडा, साडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय, अमलेखगंजले चितवनबाट वीरगंज जाँदै गरेको ना.च २४० नम्बरको पिकअपमा लोड आठ लाख ४४ हजार मूल्य बराबरका विभिन्न तामाका भाँडाकँुडा नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाले वीरगंजबाट नुवाकोटतर्पm जाँदै गरेको ना.४ख ११२७ नम्बरको ट्रकमा रहेको २५ लाख ७७ हजार मूल्य बराबरका विभिन्न खुद्रा सामान नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here