प्रस, पोखरिया, २१ फागुन/
पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले आफूलाई काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार माविको अभिभावक भेलामा नगरप्रमुख चौहानले शिक्षालगायतका क्षेत्र र विकास निर्माण कार्यहरूमा विभिन्न बाधा–व्यवधान सिर्जना गरिएकाले समस्या भइरहेको बताए ।

उनले शिक्षा क्षेत्रमा भौतिक संरचना निर्माण, फर्निचर, शिक्षक दरबन्दी, शिक्षालाई आधुनिकीकरण गर्नेलगायतका विषयमा काम गर्दै आएको तर यस क्रममा मुद्दा मामिलाले समस्या सिर्जना गरेको बताए । उनले विकास निर्माण कार्यहरू पनि अदालत र अख्तियार धाउँदैमा गर्न नसकिएको बताए ।

नगरप्रमुख चौहानले अभिभावक भेलालाई विधिसम्मत सम्पन्न गर्न सुझाए । उनले विद्यालयमा राजनीतीकरणले सुधार नहुने भन्दै निष्पक्ष तरीकाले राजनीतिरहित अभिभावक सङ्घ गठन गर्न आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण चौहानको अध्यक्षतामा भएको भेलामा पूर्वनगरप्रमुख दीपनारायण रौनियार, वडाध्यक्ष लक्ष्मण साह कानू, स्थानीय नेता निजामुद्दीन समानी, शत्रुघ्न गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, आजको भेलामा सहमति नभएपछि चैत ३ गते सहमतिको प्रयास गरिने भएको छ । नौजना अभिभावक र दुईजना शिक्ष्Fक गरी ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति निर्माणका लागि ३३ जना इच्छुक भएपछि सहमति हुन सकेन । चैत ३ गते ३३ जनाको सहभागितामा समिति निर्माणको लागि पहल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here