• अनन्तकुमार लाल दास

माध्यमिक शिक्षा परीक्षामा ‘ए प्लस’ ग्रेड हासिल गर्ने आकाङ्क्षा जो कोही पनि हुन्छ, तर चाहना मात्रले ‘ए प्लस’ हासिल हुँदैन । परीक्षामा सामान्य असावधानीले गर्दा पनि राम्रो ग्रेड पाउन नसकेको कैयन उदाहरण भेटिन्छ । कक्षा कोठामा फर्रर प्रश्नहरूको जवाफ दिने विद्यार्थीहरू पनि परीक्षा भवनमा अलमलिइराखेको वा विभिन्न प्रकारका त्रुटिहरू गरिराखेका हुन्छन् । हरेकले यसो गर्छु, उसो गर्छु भन्ने सपना त देख्छन् तर कमजोर प्लानिङले गर्दा केही दिनमैं थाकेर बस्छन् । यसको एकमात्र कारण दृढ इच्छाशक्तिको अभाव हो जुन आत्मविश्वासको पूरक भाव हो । परीक्षाको दिन नजीकिंदै जाँदा विद्यार्थीहरूमा बेचैनी हुन थाल्छ । उनीहरूमा हीनता र दीनताको भाव उत्पन्न हुन थाल्छ । उनीहरूलाई आफ्नो सामथ्र्यमाथि शङ्का उत्पन्न हुन थाल्छ । दश वर्षको काम दश दिनमा फत्ते गर्न सकिंदैन तर केही वैज्ञानिक प्रयोगको अनुपालन गरियो भने निश्चय नै परीक्षामा हुने त्रुटिहरूबाट जोगिन सकिन्छ ।

भनिन्छ ‘सुखार्थिनः कुतो विद्या, नास्ति विद्यार्थिनः सुखम्/सुखार्थी वा त्यजेत् विद्या, विद्यार्थी वा त्यजेत सुखम्” अर्थात् सुखको चाहना राख्नेलाई विद्या प्राप्त हुन सक्दैन र विद्याको चाहना राख्नेलाई सुख प्राप्त हुँदैन । यसको अर्थ हो “नो पेन नो गेन ।” यदि कसैले सुख रोज्दछ भने उसले विद्याको मोह त्याग्नुपर्छ र यदि विद्याको चाहना छ भने सुखको त्याग गर्नुपर्छ । यसको अर्थ के होइन भने सुख त्यागेर दिनरात किताब घोक्नाले विद्या प्राप्त हुन्छ । वर्तमान समयमा अगाडि बढ्नको लागि जीवनको हरेक पाइलामा प्रतिस्पर्धा गर्नुपर्छ । यहाँ प्रतिस्पर्धा भनेको स्वयंसँग प्रतिस्पर्धा गर्नु हो । नेपाली परिवेशमा परीक्षाको माध्यमले नै कसैले आफूलाई योग्य र श्रेष्ठ साबित गर्न सक्छ । यस कारण पढाइमा ध्यान नदिने, अल्छी गर्ने र परिश्रम गर्न नखोज्ने विद्यार्थी कुनै पनि क्षेत्रमा सफल हुन सक्दैन । हितोपदेशमा के भनिएको छ भने “उद्यमेन हि सिध्यन्ते कार्याणि न मनोरथैः/न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः ।”

हिजोआजका विद्यार्थीहरूले चिठी लेख्छन्, खाममा हाल्छन्, टिकट टाँस्छन् र पोस्ट पनि गर्छन् तर ठेगाना नलेखिएको हुनाले चिठी ठाउँमा पुग्दैन । उनीहरू दिनरात मिहनेत गर्छन् तर चाहिएको जस्तो परिणाम हासिल हुँदैन । यहाँ भन्न के खोजिएको हो भने लक्ष्य प्रस्ट छैन भने ठेगानाविहीन चिठीजस्तै हविगत हामीले गर्ने पढाइको पनि हुन जान्छ । सफलताको पहिलो लक्ष्य हो–सपना । हाम्रो सपना प्रस्ट हुनुपर्छ अर्थात् लक्ष्य प्रस्ट भयो भने दिमागले पनि सोही अनुसार काम गर्छ । यसर्थ माध्यमिक शिक्षा परीक्षामा कुन ग्रेड ल्याउने भन्ने कुरो निर्धारण गरिहाल्नुपर्छ अन्यथा गोलपोस्टबेगर गोल हानेजस्तै हुन्छ किनभने जतिसुकै मिहनेत गर पनि हामी भ्रमित भइराखेका हुन्छौं । एउटा हिन्दी गीत छ, “कल क्या होगा किसे है पता, अभी जिन्दगीका ले लो मजा” जस्तै विद्यार्थीहरूले गर्न थाले भने परिणाम नकारात्मक मात्र हुन्छ । यहाँ विद्यार्थीहरूले अर्को के कुरो सोच्नुपर्छ भने यदि आँखा चिम्लेर झटारो हान्यो भने फल प्राप्त हुने सम्भावना न्यून हुन्छ तर खुला आँखाले झटारो हान्दा शतप्रतिशत फल प्राप्त हुने सम्भावना हुन्छ ।

सपना भनेको चुनौती हो, जसले मानिसभित्र लुकेर बसेको प्रतिभालाई उजागर गर्छ । सपनाविहीन भएको विद्यार्थीले कहिल्यै पनि आफ्नो क्षमताको सदुपयोग गर्न सक्दैन । आज हरेक विद्यार्थीको हातमा मोबाइल छ । यो वर्तमानको आवश्यकता त हो, तर एस.इ.इ. परीक्षा तयारीको लागि बचेको समयमा पढाइ गर्न बस्दा मोबाइल फोनलाई साइलेन्स मोडमा र आपूmभन्दा टाढा राख्नुपर्छ किनभने हिजोआज विद्यार्थीहरूको बहुमूल्य समय उसले ‘किल’ गरिरहेको छ । फेसबूक र व्हाट्सऐपले हाम्रो ध्यान पटक–पटक आकर्षित गर्न सक्छ र ध्यान केन्द्रित गर्न गा-हो हुन्छ । यस अवधिमा हल्ला र अफवाहको बाजार पनि चल्छ जसको पछाडि दगुर्नुको अर्थ समय खेर फाल्नु हो । नेपाल परीक्षा बोर्डको वेबसाइटमा राखिएको मोडेल प्रश्नपत्र, २०७९ को एस.इ.इ. प्रश्नपत्र, ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्र र तिनको उत्तर कुञ्जिकामा ध्यान दिंदा परीक्षामा कुन प्रश्नको उत्तर कसरी लेख्दा कति अङ्क प्राप्त हुन्छ भन्ने सजिलै थाहा हुन्छ । सोको अभ्यासले परीक्षामा राम्रो ग्रेड आउने कुरामा दुई मत छैन ।

परीक्षापूर्वको अवधिमा नियमित सुत्ने र उठ्ने बानी बसाल्नुस् । पढेका विषय दोहो¥याउनुस् । प्रत्येक विषयको ग्रीडलाई ध्यानमा राखेर तोकिएको समयानुसार प्रश्नहरूको जवाफ लेख्ने अभ्यास गर्नुस् । लेखेको कुरा आफैं पढेर मूल्याङ्कन गर्नुहोस् । जवाफ प्रस्तुतिको क्रममा अग्र, मध्य र अन्तिम भाग श्रृङ्खलाबद्धरूपमा मिलेको छ कि छैन, तथ्यहरू समावेश छन् कि छैनन्, स्वयं ठम्याउनुहोस् । भाषा कस्तो प्रयोग गरिएको छ, शुद्धाशुद्धिको अवस्था के छ र कहाँनिर त्रुटि हुँदो रहेछ त्यसलाई सच्याउनुहोस् र फेरि उही प्रक्रिया दोहो-याउनुहोस् । एउटै जवाफ हुन सक्ने विभिन्न प्रश्नहरूको अनुमान गर्नुहोस् । जवाफ लेख्नुहोस् । प्रश्नहरूमा भएका मुख्य शब्दहरूलाई ज्ष्नजष्निजत वा ग्लमभचष्लिभ गर्नुहोस् । त्यसले तपाईंलाई प्रश्नहरूको अपेक्षित माग के हो भन्ने कुरा प्रस्ट्याउन सजिलो पार्छ ।

यसै क्रममा परीक्षामा सामेल हुने साथीहरूसँग छलफल गर्नुहोस् । पढ्दा लगातार एउटै विषय नपढेर प्राथमिकताको आधारमा समयतालिका बनाउनुहोस् । बिहानको समय पाठ याद गर्ने र बेलुकाको समय त्यसको अभ्यास गर्ने बानी बसाल्नुहोस् । परीक्षापूर्वको बढी अध्ययनले भएको थकान न्यून गर्न मेडिटेशन, योगाभ्यास र केही बेर मनोरञ्जन पनि गर्नुहोस् । यसले तपाईको मानसिक थकान मेटाउँछ र परीक्षाको भयबाट जोगाउँछ । एउटा महत्वपूर्ण पक्ष के हो भने घोक्ने वा स्मरण गर्नुभन्दा लेख्ने पक्षलाई प्राथमिकता दिनुपर्छ । यसबाट सफा, द्रुतगतिमा र त्रुटिरहित लेखनमा सघाउ पुग्छ किनभने तपाईंको मस्तिष्कमा के छ भन्ने कुरो नोटिसमा आउँदैन । नोटिसमा आउने कुरो त उत्तरपुस्तिकामा लेखिएको कुरो हो । सँगसँगै जुन विषय बुझ्न गा-हो भइरहेको छ त्यतातिर बढी ध्यान नदिई यस्ता गम्भीर प्रश्नहरूको केही प्रमुख बुँदाहरूलाई मात्र स्मरण गर्नुपर्छ किनभने कथम्कदाचित त्यो प्रश्न आइदियो भने यसले राहत पु-याउँछ ।

परीक्षा तयारीको बेला दिनभरि एउटै कोठामा बस्नुहुँदैन । अलि घुमफिर पनि गर्नुपर्छ । साथी तथा घर परिवारका सदस्यहरूसँग पनि कुराकानी गर्नुपर्छ । साथीहरूलाई भेट्दा, “ए तैंले कुन–कुन प्रश्न पढिस्, कति पढिस्, मेरो त छुट्यो, बाबा, मैले त बुझ्नै सकिनँ, मलाई डर लाग्छ” जस्ता नकारात्मक कुराहरू गर्नुहुन्न । बरु “मैले यो विषय पढिराखेको छु, यसका सम्भावित प्रश्नहरू के–के हुन सक्छन्, जवाफ लेख्दा कसरी शुरू गर्ने” जस्ता कुराहरूबारे छलफल गर्नुपर्छ । मानौं तपाईं न्यूटनको गुरुत्वाकर्षणको सिद्धान्त पढिराख्नुभएको छ भने यसलाई छलफलको विषय बनाउनुहोस् । यसले तपाईं र तपाईंको साथी दुवै लाभान्वित हुन्छन् । गणितका फर्मूलाहरू वा अङ्ग्रेजी, नेपालीका व्याकरणका सूत्रहरू वा सामाजिकका चार्ट वा नक्शाबारे छलफल गर्नुहोस् । यसले तपाईंलाई मनोरञ्जन प्रदान गर्छ र तपाईंभित्र रोचकता पनि ल्याउँछ र बढाउँछ विषयवस्तुमाथिको पकड । यसलाई परीक्षा रणनीति पनि भनिन्छ । यसले अप्रत्यक्षरूपमा तपाईंलाई मनोवैज्ञानिकरूपमा परीक्षाको लागि तयार गर्दछ ।

परीक्षाको समाजशास्त्र आप्mनै किसिमको हुन्छ । यसको मनोविज्ञान फरक हुन्छ । यसको अर्थशास्त्र र विज्ञान फरक हुन्छ । यी सबैको साझा मिलनबिन्दु भनेको परीक्षा हो । एस.इ.इ. परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरू अभिमन्युजस्तो चक्रव्यूहमा प्रवेश गर्छन् । आजको अभिमन्यू यस चक्रव्यूहबारे पूर्णरूपमा सुसूचित हुनुपर्दछ । अनि मात्र ऊ आपूmभित्र लुकेको सम्भावनाहरूको सर्वोत्कृष्ट प्रदर्शन गरेर सफलतालाई हत्केलामा बन्द गर्न सक्षम हुन्छ । यसको लागि शिक्षासँग सम्बन्धित सबै निकायले ध्यान दिनुपर्ने हुन्छ । जस्तै घरमा अभिभावकहरूले विद्यार्थीहरूको आत्मबल र आत्मविश्वास बढाउनुपर्छ र परीक्षा कोठामा परीक्षा समन्वय समितिले कुनै पनि प्रकारको कदाचार वा परीक्षार्थीलाई हतोत्साहित गर्ने क्रियाकलाप नहोस् भन्ने तर्फ विशेष रणनीति अख्तियार गर्नुपर्छ । त्यहीं विद्यालयहरूले माध्यमिक शिक्षा तयारी परीक्षाको प्राप्त नतीजाको आधारमा विद्यार्थीहरूको उचित मार्गदर्शन गर्नुपर्छ । यसरी सबैले आआफ्नो तर्फबाट प्रयास गर्दा कलिला अभिमन्यूहरू परीक्षाको चक्रव्यूहमा फँस्ने सम्भावना न्यून भएर जान्छ ।

परीक्षापूर्वको अवधिमा विद्यार्थीहरूले आफ्नो खानपान र दैनिकीमा विशेष ध्यानदिनुपर्छ । निश्चितरूपमा यस अवधिमा अध्ययन समय बढ्छ तर भरपूर निद्रा नलिंदा नकारात्मक असर पर्न सक्छ । यसप्रति पनि विद्यार्थीहरू सजग हुनु आवश्यक छ । परीक्षापूर्वको अवधिमा विद्यार्थीहरू आत्तिनु, हतारिनु वा परीक्षाबाट डराउनुहुँदैन । परीक्षामा कुनै पनि विद्यार्थीको पहिचान उसको सिम्बल नम्बरले हुने भएकोले विद्यार्थीहरूले आफ्नो सिम्बल नम्बर र त्यससँग जोडिएको ब्उिजबदभत स्मरण राख्नुपर्छ । परीक्षा दिन जाँदा प्रवेशपत्र अनिवार्य भएको कुरा विद्यार्थीहरूले बिर्सन हुँदैन । प्रवेशपत्र गुमाएको बेला के गर्नुपर्छ भन्ने कुरा जानकारी राख्नुपर्छ । यस्ता ससाना कुरामा ध्यान पु-याउँदा विद्यार्थीहरूलाई नै सजिलो हुन्छ । यस्तै परीक्षासम्बन्धी कुनै पनि प्रकारको भ्रम हुँदा आआप्mनो विद्यालयसँग सहयोग लिनुपर्छ ।

विद्यार्थीहरूलाई द्विविधा भएको प्रश्नहरूको सन्दर्भमा बाँकी रहेको समय खर्च गरी निक्र्योलमा पुग्नुपर्छ । परीक्षा अवधिमा तनावमुक्त भई प्रत्येक प्रश्नको लागि तोकिएको समय अनुसार हिंड्ने अभ्यास गर्नुपर्छ । अब वार्निङ घण्टी लागिसकेको छ । नअलमलिनुहोस् । अब लेखिसकेकालाई सरसर्ती हेर्नुहोस् र समय छँदै उत्तरपुस्तिका निरीक्षकलाई जिम्मा लगाउनुहोस् । परीक्षा कोठाबाट बाहिर निस्केपछि प्रश्न र जवाफको दोहरीमा न अलमलिनुहोस् । पहिले परीक्षा दिंदै जानुहोस् । परीक्षा सकिएपछि मात्र अनुमानको अङ्कगणित हल गर्न जुट्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here