काठमाडौं, २० फागुन/रासस
यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार ९६० दशमलव ३० को बिन्दुमा कायम भएको हो ।

आज ३०९ कम्पनीका ५५ लाख ७४ हजार २०७ कित्ता ४५ हजार ४४२ पटक खरीद–बिक्री हुँदा रु दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् भने अरू सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव ५२ र अन्य समूह एक दशमलव शून्य दुई प्रतिशतले घटेका छन् ।

आजको कारोबारपछि शेयर मूल्य बढेका कम्पनीहरूमा सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नौ दशमलव ७० र एनआइसी एसिया ग्रोथ फन्ड–२ को शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ४९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु १३ करोड २० लाख ४९ हजार ५४० बराबरको दुई लाख ९२ हजार ३२६ कित्ता शेयर कारोबार भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here