एउटा अनुसन्धान अनुसार भाले माछा ‘डेनियोनेला सेरेब्रम’ मानिसको नङ बराबर हुन्छ र यो म्यान्माको खोलामा पाइन्छ । तर यसको आवाज बन्दूकको गोलीभन्दा पनि चर्काे हुन्छ । पिएनएएस जर्नलमा प्रकाशित एउटा अध्ययन अनुसार यो पानीको जीव लगभग १२ मिलिमिटर लामो हुन्छ तर १४० डेसिबलभन्दा पनि बढी आवाज उत्पन्न गर्छ । जुन एम्बुलेन्सको साइरन, गोली वा ज्याक ह्यामरको आवाजको बराबर हुन्छ ।
अनुसन्धानले बताएको छ परम्परागतरूपमा माछाले विशेष ड्रमिङ मांसपेशीको रिदमिक कान्ट्रैक्शन्सको मदतबाट चर्को आवाज निकाल्छ, जसमा ग्याँसले भरेको अर्गन बोयेन्सी कन्ट्रोल गर्छ र स्विमिङ ब्लाडरबाट भाइब्रेशन पैदा हुन्छ । साउन्ड प्रोड्युसिङ मेकेनिज्मको सहारा लिने डेनियोनेला सेरेब्रम त्यो भर्टिब्रेट हो, जसको मस्तिष्कको आकार सबैभन्दा सानो हुन्छ ।