काठमाडौं, १८ चैत/ रासस

                त्रिकोणात्मक टी–२० शृङ्खला अन्तर्गत भारतको गुजरातविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो ।

                गुजरातको वापीमा नेपालले आइतवार टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ९८ रन बनायो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । यस्तै, हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईंले ११ तथा स्मित पटेलले १० रन बनाएका थिए । बलिङतर्पm नेपालका गुलशन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।।

                नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुर्ई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै, अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए ।

                बलिङतर्पm गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले एक/एक विकेट लिए । नेपालले दोस्रो खेल मङ्गलवार भारतको बरोडा क्रिकेट सङ्घसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here