काठमाडौं, १७ फागुन/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार ९७२ दशमलव शून्य नौमा सीमित भएको छ ।

ठूला कम्पनीका कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर ३५१ दशमलव ६५ मा सीमित भएको छ । आज कारोबार भएका कुल १३ उपसमूह नै ओरालो लागेको हो । कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर रु दुर्ई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड १३ लाख १० हजार ३४६ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर रु १० करोड १४ लाख ३३ हजार ४५५, हिमालयन रिइन्स्योरेन्स रु आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट रु छ करोड ५९ लाख ९१ हजार ६९६ र शिवम् सिमेन्ट रु पाँच करोड २१ लाख १२ हजार ८७० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ८६, मानुषी लघुवित्त तीन दशमलव ९८, समाज लघुवित्त तीन दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर आठ दशमलव ६२, मैलुङ हाइड्रोपावर आठ दशमलव शून्य एक, इनग्वा हाइड्रोपावर सात दशमलव ५८ र एनआइसी एशिया ग्रोथ फन्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ५७ प्रतिशतले गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here