काठमाडौं, १५ फागुन/रासस
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई मङ्गलवार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
“१० जनालाई नियन्त्रणमा लिएका छौं,” उनले भने, “अहिले छानबीन जारी छ । छानबीन सकिएपछि सबैको नाम सार्वजनिक गर्छौं ।”