• विनोद गुप्ता

मधेस समृद्धि शृङ्खला–२ अन्तर्गत पर्साको सामाजिक, आर्थिक रूपान्तरणका लागि माघ ११ गते वीरगंज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा एउटा अन्तर्संवाद कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष श्री अनिल अग्रवालले स्वागत मन्तव्य र मधेस प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले विषय प्रवेश गराउँदै पर्सा जिल्लाको सामाजिक आर्थिक रूपान्तरणका लागि निमन्त्रित विषयविज्ञ्हरूले आआप्mनो धारणा राख्ने गरी कार्यक्रम सञ्चालन हुने बताएका थिए । त्यसपछि कार्यक्रमको सहजीकरण गर्दै मदन लम्सालले राष्ट्रिय, मधेस र पर्सा जिल्लाको विभिन्न क्षेत्रको तुलनात्मक तथ्याङ्क प्रस्तुत गरेका थिए ।

उनको प्रस्तुतिबाट समग्र मधेस प्रदेश नै करीबकरीब जनसङ्ख्याबाहेक सबै क्षेत्रमा राष्ट्रिय स्तरभन्दा तल रहेको देखिन्छ । वर्तमान समयमा मधेस प्रदेशमा उद्योगधन्दा ११ प्रतिशत, कृषि ३५ प्रतिशत र सेवा क्षेत्रतर्पmको योगदान ५३ प्रतिशत मात्र रहेको छ भने साक्षरता ६४ प्रतिशत र प्रतिव्यक्ति आय ८५० अमेरिकी डलर रहेको छ । देशकै साक्षरता ७४ प्रतिशत र आम्दानी १४०० अमेरिकी डलर पुगिसकेकोसमेत उनले खुलाएका थिए ।

त्यहाँ उपस्थित एवं निमन्त्रित सबै वक्ताले आआप्mनो धारणा क्षेत्रगत आधारमा प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम ढिलो गरी शुरू भएको र वक्ताहरूले निर्धारित पाँच मिनेटभन्दा धेरै लामो समयसम्म बोलेका कारण अधिकांश सहभागी कार्यक्रमबाट बाहिरिएको अवस्थामा मैले पनि बोल्ने समय पाएको थिएँ । त्यहाँ अत्यन्त सङ्क्षिप्त रूपमा पर्सा जिल्लाको आर्थिक, सामाजिक रूपान्तरणका लागि केन्द्रित भएर दुर्ई मिनेटमा प्रस्तुत गरेको सुझावबारे आज यहाँ चर्चा गर्न गइरहेको छु ।

अन्नको भण्डार भनिने मधेस प्रदेशको कृषिमा योगदान ३५ प्रतिशत मात्रै छ । त्यसमा पनि पर्सा जिल्लाको कुरा गर्दा साइत जुराएर भारतले पानी छोडेको बेला गण्डक नहरमा आउने पानीले बजियानको खेतलाई आंशिक सिंचाइ सुविधा उपलब्ध गराएको छ । यसबाहेक बोरिङ र आकाशे पानीकै मात्र भर पर्नुपर्ने बाध्यता किसानहरूसँग छ ।

चुरेको दक्षिण र गण्डक नहरको उत्तरको थरूवान भनिने क्षेत्र पहिले चुरेबाट बगेर आउने पैनीबाटै सिञ्चित भइरहेपनि अहिले त्यो अवस्था छैन, तसर्थ वनजङ्गलबाट हुने चोरी निकासीको न्यूनीकरणका साथै वन्यजन्तुको गाउँघरमा भइरहेको प्रवेशसमेत रोक्न सक्नेगरी निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन परियोजनाबाट बारा जिल्लासम्म सिंचाइको लागि नहर ल्याउने कार्यक्रमलाई पर्सासम्म ल्याउन सकिएमा थरूवानको भूमि पनि सिञ्चित हुने र पर्सा जिल्लाको कृषि उत्पादन बढाउन यसले ठूलो भूमिका खेल्न सक्ने देखिन्छ । किनभने पर्सा जिल्लाको त्यस कार्यक्रममा सहभागी कृषिविज्ञले प्रस्तुत गरेका तथ्याङ्क अनुसार अहिले पनि ३५.४० प्रतिशत खेतीयोग्य जमीनमा सिंचाइ सुविधा पुग्न सकेको देखिंदैन ।

देशलाई ७ लाख मेट्रिक टन मलखाद आवश्यक पर्नेमा सरकारले बर्सेनि ४ लाख मेट्रिक टन मात्र भिœयाउने गरेकोले सीमान्त क्षेत्रका कृषकहरूले भारतीय बजारबाट महँगो मूल्यमा चोरबाटोबाट मलखाद खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेको छ । यसबाहेक पर्सा जिल्लाको लागि उन्नत बीउ प्रयोग गर्न जम्माजम्मी वार्षिक ९० देखि ९५ लाख रुपियाँँ मात्र अनुदानमा आउने गरेकोले पनि पर्सामा अझै उन्नत जातको बीउबिजनको प्रयोग हुन सकेको छैन । तसर्थ पर्सा जिल्लाको आर्थिक सामाजिक रूपान्तरणको लागि नहर, प्रचुर मलखाद र अनुदानको समस्या मुख्यरूपमा देखिन्छ ।

दोस्रो सुझाव थियो– नारायणी अस्पतालको ५०० शøयाको भवन निर्माण मुद्दाका कारण रोकिएको छ । यो निर्माण भएर यहाँ थप सेवा जस्तै–जोर्नी प्रतिस्थापन, डायलासिस, एनजिओग्राफी र अबुद्र्ध रोगसम्बन्धी सेवा प्रवाह गर्न यो अस्पताल सक्षम हुने र यसबाट मेडिकल टुरिज्मतर्पm पर्सा जिल्लाको क्रियाशीलता बढ्न सक्ने देखिन्छ । माथिका दुवै सुझावहरूको कार्यान्वयन केन्द्रीय स्तरबाट मात्र सम्भव भएकोले पर्सा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदलगायत अन्य दलका नेताहरूसँग संवाद गरेर केन्द्रमा पर्याप्त शक्तिका साथ दबाब दिन सके मात्र यी कामहरू हुन सक्ने देखिन्छ ।

तेस्रो सुझावको रूपमा मैले धार्मिक एवं मनोरञ्जन पर्यटन बढाउन पर्सा जिल्लामा रहेको महुवन मठको विकासको लागि गुरुयोजना बनाई प्रथम चरणमा श्रावण र महाशिवरात्रिमा मेलाको आयोजना गर्ने र त्यसैगरी प्रदेश सरकारले ठोरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्ने योजना ल्याउने सन्दर्भमा दुग्धेश्वर महादेवको मन्दिरमा समेत बर्सेनि यस्तै कार्यक्रम व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्छ ।

त्यसैगरी मनोरञ्जनात्मक पर्यटनको संवद्र्धन गर्न वीरगंजमा निरन्तर खुल्दै गएका होटल अन्ततः भारतीय पर्यटकमैं आश्रित हुने अवस्था छ भने भारु १०० को २५ हजारभन्दा बढी नोट बोकेर नेपाल प्रवेश गर्न नपाइने सरकारको नियमले गर्दा खर्च गर्न सक्ने पर्यटकहरू वीरगंजको बाटो भएर आउनुभन्दा सोझै काठमाडौं पुग्नुलाई सहज मान्ने गरेको देखिन्छ । त्यसैले यहाँका होटलहरूले पर्सा वन्यजन्तु आरक्ष, भरतताल, जनकपुर र पर्सामैं महुवन, दुग्धेश्वर हुँदै वन्यजन्तु आरक्षणमा भ्रमणको लागि टुर प्याकेज सञ्चालन गर्न सकेमा मनोरञ्जन पर्यटनको क्षेत्रमा पनि केही थप गतिशीलता आउने अपेक्षा गर्न सकिन्छ । समग्रमा मधेस प्रदेशको प्रतिव्यक्ति आय जबसम्म १२०० देखि १४०० डलरसम्म पुगाउन सकिंदैन आर्थिक सामाजिक रूपान्तरणको कुरा मृगतृष्णा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here