काठमाडौं, १ फागुन/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५६ अङ्कले घटेर २०७०.५९ को बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीका एक करोड २१ लाख ६५ हजार दुर्ई सय दुर्ई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरीद बिक्री भएको छ । त्यसबाट रु चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अधिकांश व्यवस्था यथावत् राखे पनि आजदेखि लागू हुनेगरी स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याउने र संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था ल्याएको थियो । मौद्रिक नीतिको समीक्षाको आंशिक प्रभाव पूँजी बजारमा पनि परेको रूपमा हेरिएको छ ।

आज सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक २.४० प्रतिशतले र वित्त समूहको उपसूचक २.२० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.७० प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३२ करोड ५० लाख ४५ हजार ७२ बराबरका चार लाख ७८ हजार पाँच सय ६० कित्ता शेयर किनबेच भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here