नवलपरासी, १ फागुन/रासस
पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन् । सुस्ता गाउँँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आपूm बस्दै आएको घर नजीकै मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान करीब ६ बजे स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीले तालीम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।

नारायणी नदीको ५ नम्बर ठोकरबाट पाँच सय मिटर टाढा विगत चार, पाँच वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोवास गरी खेती गर्दै आएका थिए ।

वृद्धका छोरा, बुहारी, दुर्ई नाति र एक नातिनी रहेकामा मृतक नातिलाई हजुरबुवासँगै छाडेर बुहारी डेढ महीनादेखि माइती भारत गएको बताइएको छ । मृतकका छोरा रोजगारको सिलसिलामा अन्यत्र गएपछि बुहारी माइत गएको थाहा हुन आएको छ । प्रहरी अनुसन्धानपछि घटनाको वास्तविकता थाहा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here