न्युयोर्क, १ फागुन/एएनआई
न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमवार साँझ गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको एबिसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपराह्न करीब ४ः३० बजे गोली चलेको थियो ।

गोली लागेर घाइते भएका चारजना पुरुष र दुईजना महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटना बारे अनुसन्धान जारी छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here