• अनन्तकुमर लाल दास

आज हरेक आमाबुवाको पहिलो रोजाइ आप्mनो सन्तानलाई डाक्टर वा इन्जिनीयर बनाउनु रहेको छ । विज्ञान र गणितमा राम्रो भएपछि छोराछोरीको भविष्य सप्रन्छ भन्ने धारणा प्रत्येक आमाबुवाको छ । यस कारण उनीहरूले सानै उमेरदेखि केटाकेटीमाथि दबाब दिन थाल्छन् । अर्थात् सानै कक्षादेखि मेडिकल र इन्जिनीयरिड्ढो तयारी शुरू भइहाल्छ । शहरहरूमा यस प्रकारको तयारी गर्न अनेक कोचिङ केन्द्रहरू पनि खुल्न थालेका छन् ।

यहाँ एउटा गम्भीर प्रश्न के उठ्छ भने यी अपेक्षाहरूसँगै शिक्षामा पनि वैज्ञानिक चिन्तन कसरी ल्याउने ? नेपालको सन्दर्भमा यो कुरो धेरै चुनौतीपूर्ण छ । रोचक कुरो के हो भने पहिले पनि यस्ता कुरा कैयौंपटक चर्चामा आएको र आउने गरेको छ । आमाबुवाको सन्तानप्रति भविष्य निर्माणको चाहना पनि जायज छ । यी दुवैमा कुनै विरोधाभास छैन । तर प्रश्न के छ भने के हाम्रो उद्देश्य पूर्ति भएको छ ?

हाम्रो राष्ट्रको चाहना विकसित राष्ट्रहरूको श्रेणीमा गन्ती हुने छ । हाम्रो चाहना पनि समृद्ध र प्रगतिशील बन्ने छ । यस कारण पनि होला, शिक्षाप्रति दिन प्रतिदिन आकर्षण थपिंदै गइरहेको छ । विकसित राष्ट्रहरूको विकासक्रमलाई हेर्दा हामी के पाउँछौं भने जुन राष्ट्र ज्ञान र विज्ञानमा अग्रणी छन् उनीहरू नै विकसित राष्ट्रको श्रेणीमा छन् ।

हाम्रो देशमा पनि क्षमता नभएका मानिस छैनन् भन्ने होइन । लोकतन्त्र प्राप्तिपछि शिक्षामा धेरै परिवर्तन आएको छ । तर परम्परागत शैलीमा शिक्षा प्रणाली रहेको हुनाले आवश्यक वस्तुको लागि पनि हामी अन्य देशद्वारा निर्मित उत्पाद माथि निर्भर छौं । मोबाइल बनाउने कम्पनी होस् वा गाडी बनाउने सबै बाहिरकै हुन् । यस परिस्थितिमा हाम्रो विद्यालयको पनि के दायित्व हुन आउँछ भने कसरी यस्ता नागरिक तयार गर्ने जसले निर्माण, अविष्कार र खोजीको नयाँ दौड प्रारम्भ गर्न सकोस् ।

पछिल्लो चार सय वर्षमा विज्ञान र प्रविधिले हाम्रो जीवनलाई धेरै प्रभावित गरेको छ । यसको सम्पूर्ण श्रेय विज्ञान र वैज्ञानिक चिन्तनलाई जान्छ । यस सोचले हाम्रो जीवनशैली सँगसँगै हाम्रो सोच्ने तरीकामा परिवर्तन ल्याएको छ । ब्रह्माण्डबारे हाम्रो समझलाई परिमार्जित गरेको छ । यसको श्रेय पनि विज्ञानलाई नै जान्छ । यसबाट धेरै क्रान्तिकारी परिवर्तनहरू सम्भव भएका छन् । आज सामान्यतया केटाकेटीहरू पृथ्वी सूर्यको चारैतिर चक्कर लगाउँछ भन्ने सोचका साथ ठूला हुन्छन् । ४०० वर्ष पहिले यदि कसैले यस्तो हुन्छ भन्थ्यो भने उसलाई प्रताडित र दण्डित गरिन्थ्यो ।

कोपरनिकसले ब्रह्माण्डमाथि सूर्यलाई केन्द्र मानेर एउटा किताब लेखेका थिए जुन प्रकाशन गर्ने हिम्मत कसैलाई भएन । प्रकाशन भएको ४० वर्षपछि गैलिलियोले यसलाई पढेर यस विचारलाई अगाडि ल्याए । ४०० वर्ष पहिले यस्ता अवधारणाहरू ल्याउनु बाँध भत्कने जस्तै विभीषक थियो । त्यस कालखण्डमा यसो भन्नु खतरनाक थियो, तर आज यसलाई बडो सहज तरीकाले भन्न सकिन्छ ।

विगतको ३०० वर्षमा भएको वैज्ञानिक चिन्तनले गर्दा आज मानव सभ्यता यस ठाउँमा पुगेको छ । हाम्रो जीवनलाई अझ राम्रो बनाउनमा विज्ञानको धेरै योगदान रहेको छ । आज हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरूमा वैज्ञानिक चिन्तन विकसित गर्ने खाँचो रहेको छ । यसका लागि हाम्रो शिक्षण पद्धति, शिक्षक र विद्यार्थीबीच हुने संवादलाई वैज्ञानिक तवरले अगाडि बढाउने आवश्यकता किन रहेको छ भने विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास हुन सकोस् । आज वैज्ञानिक दृष्टिकोणलाई हाम्रो शिक्षण पद्धतिमा समावेश गर्नु चुनौतीपूर्ण रहेको छ । चुनौती के छ भने यसलाई कसरी शिक्षण र पाठ्यक्रममा समावेश गर्ने ?

आम धारणा के छ भने विज्ञानमा सूत्र याद गर्नुछ, पछि मेडिकल र इन्जिनीयरिड्ढो पढाइ गर्नुछ तर यसो हुन सकिरहेको छैन । कहीं न कहीं यसमा केही गहिरो त्रुटि छ जसलाई खोज्नु आवश्यक छ । त्यसलाई शिक्षणमा समावेश गर्नु आवश्यक छ । यहाँनिर एउटा समस्या के छ भने मानिसहरूको अपेक्षा अनुसार विज्ञानलाई कसरी अगाडि बढाउने ? के हाम्रो पाठ्यपुस्तकमा दिइएको सामग्री नै विज्ञान हो ? त्यसलाई बुझेर के उनीहरूलाई विज्ञानबारे थाहा हुन्छ ? के विज्ञान भनेको यतिकै मात्र हो वा यसभन्दा पनि बढी हो ? के विज्ञान डाक्टर वा इन्जिनीयर बन्नको लागि मात्र पढ्नुपर्छ र ?

हरेक किसानले कसरी राम्रो अन्न बाली उब्जाउने, त्यसलाई कसरी कीरा लाग्नबाट जोगाउने आदि प्रश्नहरूको जवाफ आपैंm खोज्दछ । यसैगरी काठको काम गर्ने, कलकारखानामा काम गर्ने वा घरमा काम गर्ने गृहिणीले कतिपय विज्ञानको सिद्धान्त हल गर्नुपर्ने हुन्छ । दही जमाउन कति मात्रामा जामन प्रयोग गर्नुपर्दछ यो एउटा गृहिणीलाई नै थाहा हुन्छ ।

जहाँ–जहाँ विज्ञान पुग्दछ त्यससँगै गणित पनि त्यहाँ पुग्छ । आजको परिवेशसँग विज्ञानको पढाइलाई जोड्ने आवश्यकता छ । कुनै पनि कुरालाई विज्ञानको आधारमा बताउनुभन्दा हाम्रो जीवनमा त्यो कुरो कसरी जोडिएको छ बाट प्रारम्भ गर्नुपर्दछ । त्यसको वैज्ञानिक आधार के छ भनी चर्चा गर्नुपर्दछ । कैयौंपटक मानिसलाई के लाग्दछ भने यसमा विज्ञान त छँदैछैन । गहिरिएर हेर्दा के थाहा हुन्छ भने विज्ञान त यसमा पनि जोडिएको छ । विज्ञान के हो भन्ने कुरा राम्ररी बुझ्नका लागि के आवश्यक हुन्छ भने प्रयोग र अवलोकन विज्ञानको आधारभूत कुरो हो । यस कारण शिक्षकहरूले विद्यार्थीहरूलाई पढाउँदा प्रयोग र अवलोकनजस्ता गतिविधिलाई शिक्षणमा समावेश गर्नुपर्दछ । यसबाट विद्यार्थीहरूमा उत्साहका साथै वैज्ञानिक सोच पनि विकसित हुन्छ । एउटा बीउ, पूmलको भाग, हाते–लेंसबाट कुनै पनि कुरोलाई ठूलो पारी हेर्नु विद्यार्थीहरूका लागि आकर्षक हुन सक्छ । विद्यार्थीहरूमा प्रयोग र अवलोकनको माध्यमबाट सजिलै वैज्ञानिक सोच विकसित गराउन सकिन्छ । यो विज्ञान शिक्षणको एउटा महŒवपूर्ण साधन हो । यस उपकरणले हामीलाई यसो किन भइरहेको छ भन्नेतर्पm लग्न सघाउ पु-याउँछ । यस प्रश्नलाई हल गर्नका लागि विश्लेषण गर्नेतर्पm लिएर जान्छ । विद्यार्थीहरू कारण खोज्न थाल्छन् र सिद्धान्तमाथि उनीहरूको पकड बलियो हुन्छ । यसबाट हाम्रो अवधारणा प्रस्ट हुन्छ । जसरी माथिबाट तल झर्ने कुनै कुराको अवलोकनले एउटा नयाँ ‘गुरुत्वाकर्षण बल’ को अवधारणा बन्यो ।

केटाकेटीहरूको सोच्ने क्षमताको परिप्रेक्ष्यमा हामी के पाउँछौं भने उनीहरूमा यो प्रवृत्ति विद्यालय आउनुपूर्व नै विकसित भइसकेको हुन्छ । छोएर हेर्नु, अवलोकन गर्नु, टिपेर हेर्नुजस्ता क्रियाकलाप केटाकेटीहरूले बाल्यकाल देखि नै गरिरहेका हुन्छन्, तर उल्टो हामीले उनीहरूलाई हतोत्साहित गर्ने काम गर्छौं । कुनै पनि खेलौना पाउँदा, त्यसभित्र रहेको कुरालाई बुझ्न त्यसलाई भाँच्न आवश्यक हुन्छ र केटाकेटीहरूले यही गर्न खोज्दछन् र हामी रिसाउँछौं ।

हाम्रो परम्परागत सोच के छ भने पाठ्यपुस्तकमा जे जति लेखिएको छ त्यो याद गर्नु नै विज्ञान हो । यो वैज्ञानिक सोचविपरीत कुरो हो । केटाकेटीहरूलाई प्रश्न सोध्न प्रेरित गर्नुपर्छ । प्रश्नको जवाफ खोज्न प्रेरित गर्नुपर्छ । हुन सक्छ उनीहरूले खोजेको जवाफ पाठ्यपुस्तकसँग नमिल्दो होस् तर हाम्रो उद्देश्य उनीहरूमा वैज्ञानिक सोच विकसित गर्ने हो । यस कारण परीक्षा लिने तरीकामा पनि परिवर्तन गर्ने खाँचो रहेको मेरो मान्यता रहेको छ ।

विज्ञान के हो ? यस प्रश्नको सही जवाफ नै हाम्रो लागि चुनौतीको विषय हो । विज्ञान भनेको ज्ञानको खोज हो । निरन्तर त्यस दिशामा अगाडि बढ्नु हो । जुन बेला सूक्ष्मदर्शी यन्त्रको आविष्कार भयो, त्यसबेला हामीले आँखाले देख्न नसक्ने कुरा पनि हेर्न थाल्यौं र यसको हाम्रो जीवनमाथि धेरै असर प¥यो । यसबाट के प्रस्ट हुन्छ भने विज्ञान ज्ञान निर्माणको एउटा महŒवपूर्ण साधन हो । यसबाट हामीले सत्यलाई खोज्ने एउटा नयाँ बाटो विकसित गरेका छौं । किन पृथ्वी सूर्यको चारैतिर चक्कर लगाउँछ ? किन सूर्य पूर्वबाट पश्चिमतर्पm घुम्छ, बाल मनले यस्तै प्रश्न गर्छन् र आज हामीसँग यसको जवाफ पनि छ तर यही नै अन्तिम सत्य हो भन्न सकिन्न । विज्ञानले हामीलाई निरन्तर सही दिशाामा बढ्न प्रेरित गर्छ तर कुनै पनि खोज अन्तिम सत्य नै हो भन्दैन ।

वैज्ञानिक कापरले भनेका छन्–“कुनै पनि कुरालाई त्यस बेला वैज्ञानिक भन्न सकिन्छ जुनबेला त्यसलाई झूटो प्रमाणित गर्ने हामीसँग प्रशस्त सम्भावना हुन्छ ।” यो सम्भावना यस कारण पनि हुनुपर्छ किनभने हरेक पीढीले यसको जाँच गरोस् र केही नयाँ प्राप्त गरोस् । न्यूटनले हामीलाई दिएको सिद्धान्त पछिल्लो सय वर्षदेखि आप्mनो ठाउँमा सही छ तर त्यसकै आधारमा नयाँ क्वान्टम भौतिकी पनि विकसित भइरहेको छ । यस सन्दर्भमा रिचर्ड पी. फाइनमेनको भनाइ छ– “हरेक त्यस कुरामा सन्देह गर्नु जुन अतीतबाट बगेर हामीनिर पुगेको छ र अनुभूत ‘सत्य’को लुगा लगाएको छ । त्यस अनुभूत ‘सत्य’लाई ज्यूँका त्यूँ अँगाल्नुपूर्व आप्mनो तरीकाले जाँचबुझ गर्नु । यो नै विज्ञान हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here