जब तपाईं फोनमा कसैसँग कुराकानी गरिरहनुभएको छ र अचानक डिस्कनेक्ट हुन्छ भने यसलाई कल ड्रप भनिन्छ । कल ड्रपका थुप्रै कारण हुन सक्छन् । नेटवर्कको समस्या, खराब मौसम, फोनमा प्राविधिक गडबडी आदिका कारण कल ड्रप हुन सक्छ । पटकपटक कल ड्रपको समस्या भइरहेको छ भने केही कुरालाई ध्यानमा राख्नुपर्छः
सिग्नल स्ट्रेन्थः राम्रो सिग्नल आउने स्थानमा गएर फोन गरौं । घरभित्रको झ्याल अथवा खुला स्थानमा गएर फोन गरौं । कुनै अग्लो स्थानमा बसेर फोन गरौं । फोनमा कभर लगाउनुभएको छ भने त्यो हटाऔं किनभने यसले सिग्नलमा बाधा उत्पन्न गर्न सक्छ ।
फोनः यदि तपाईंको फोन पुरानो छ भने अपग्रेड गर्ने विचार गरौं । किनभने नयाँ फोनमा राम्रो सिग्नल रिसेप्सन प्रविधि हुन्छ । फोनलाई अपडेट राखौं, अपडेटले सिग्नल रिसेप्सनमा सुधार गर्न सक्छ । सिमकार्ड परिवर्तन गरेर हेरौं, सिमकार्डमा कुनै समस्या भएमा पनि समस्या हुन सक्छ ।
नेटवर्कः यदि तपाईंको क्षेत्रमा नेटवर्कको समस्या छ भने आप्mनो नेटवर्क अपरेटरसँग सम्पर्क गरौं र गुनासो दर्ता गराऔं । एरोप्लेन मोड चालू गरेर बन्द गरौं र त्यसपछि फोनलाई रिस्टार्ट गरौं । डु नट डिस्टर्भ अप्सन अन छ भने त्यसलाई बन्द गरौं । सिम कार्डको स्लटलाई सफा गरौं । यदि तपाईं वाइफाईबाट फोन गरिरहनुभएको छ भने वाइफाई सिग्नल मजबूत हुनुपर्छ ।
उपरोक्त उपायबाट कल ड्रपको समस्या हल हुँदैन भने फोनलाई मोबाइल रिपेरिङ पसलमा लगेर चेक गराऔं । त्यस्तै, नेटवर्क अपरेटरसँग पोर्टेबिलिटीको माध्यमबाट अन्य नेटवर्कमा स्विच गर्न सकिन्छ ।