प्रस, वीरगंज, २७ माघ/
बागेश्वरी एकेडेमी प्रालिको आयोजनामा शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरको उद्घाटन प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले गरेका थिए ।
शिविरमा २५० जना विद्यार्थीको आँखा, नाक, कान र दाँत परीक्षण गरिएको थियो । आँखा, नाक र कानको दृष्टि आँखा अस्पतालका डा हरि शर्माको टोली र दाँतको उपचार एभेरस्ट दन्त क्लिनिकका डा मनोज उपाध्यायको टोलीले गरेको एकेडेमीका सञ्चालक दीपक पटेलले बताए ।