दिल्ली पब्लिक स्कूलको वार्षिकोत्सव

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २७ माघ/
दिल्ली पब्लिक स्कूल, वीरगंजले शनिवार १९औं वार्षिकोत्सव मनाएको छ । बारा, परवानीपुर–४ चैनपुरस्थित विद्यालय परिसरमा आयोजित समारोहमा विविध कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

समारोहमा कक्षा १० र कक्षा १२ का उत्कृष्ट अङ्क ल्याउने १५ जना छात्रछात्रालाई प्रमाणपत्र वितरण गरिएको थियो । समारोहमा विद्यार्थीहरूले नृत्य, गायन एवं नेपाली, हिन्दी, अङ्ग्रेजी भाषाको नाटक प्रस्तुत गरेका थिए । दिल्ली पब्लिक स्कूल वीरगंजकी बिजनेश हेड गर्ली अग्रवालको अध्यक्षतामा सम्पन्न समारोहको उद्घाटन प्रमुख अतिथि उद्योगपति रमेश अग्रवालले गरेका थिए ।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत अरुण कुमार, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भिखमचन्द्र अग्रवाल, स्कूलका शैक्षिक निर्देशक भूषणसेन गुरुङ लगायतको सहभागिता रहेको व्यवस्थापक शिवशङ्कर कुशवाहाले बताए । प्रिन्सिपल रञ्जीव आनन्दले स्वागत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस