राधेश्याम पटेल, परवानीपुर, २६ माघ/
जीतपुरसिमरा उपमहानगर–३ स्थित गणपति वनस्पति प्रालिका मजदूरहरू शुक्रवारदेखि आन्दोलित भएका छन् । उद्योग व्यवस्थापनले यही माघ २३ गतेदेखि आर्थिक समस्या देखाएर उद्योगमा कार्यरत ५० जना स्थायी मजदूरलाई हटाउने सूचना जारी गरेपछि त्यहाँ कार्यरत मजदूरहरू आजबाट आन्दोलित भएका हुन् ।

माओवादीनिकट अखिल औद्योगिक मजदूर सङ्घ एकाइका अध्यक्ष युवराज पराजुलीका अनुसार शुक्रवारदेखि औपचारिकरूपमा उद्योगको उत्पादन ठप्प पारेर उद्योगभित्रै विरोध गर्दै धर्ना शुरू गरिएको बताए । उनले २०५४ सालमा स्थापना भएको उद्योगले आर्थिक मन्दीका कारण स्थायी मजदूरलाई हटाउने कार्य गलत भएको बताए ।

उनले स्थायी मजदूरहरूलाई काममा फिर्ता नबोलाए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । गणपति उद्योगमा दैनिक ज्यालादारी र करारमा गरी करीब अढाई सय मजदूर कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here