मालवाहक ट्रक नियन्त्रणमा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २५ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले अनलाइन भिसिटिएस बिलभन्दा बढी मालवस्तु रहेको आशङ्कामा एउटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

वीरगंज महानगरपालिका–१४ गण्डकचोकबाट हिजो राति १० बजे ना.३ख ४४१५ नम्बरको ट्रक चेकजाँच गर्दा सोमा रहेका मालवस्तुहरू अनलाइन भिसिटिएस बिलभन्दा बढी देखिएपछि नियन्त्रणमा लिएको र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया चलान गरिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस