Home गृहपृष्ठ सोनम ल्होछार धूमधामले मनाइने

सोनम ल्होछार धूमधामले मनाइने

सोनम ल्होछार धूमधामले मनाइने

प्रस, वीरगंज, २५ माघ/
नेपाल तामाङ धेदुङ र टाँसी साङ्ग धार्वालिङ्ग बौद्ध गुम्बा वीरगंजले २८६०औं सोनम ल्होछार यस वर्ष वीरगंजमा विभिन्न कार्यक्रमसहित सार्वजनिकरूपमा मनाउने बताएको छ ।

नेपाल तामाङ धेदुङ र टाँसी साङ्ग धार्वालिङ्ग बौद्ध गुम्बा वीरगंजले बिहीवार पत्रकार सम्मेलन गर्दै यस वर्ष सोनम ल्होछार पर्व धूमधामका साथ कार्यक्रम आयोजना गरेर मनाउने संस्कृति संयोजक सन्नी पाख्रिनले बताए ।

उनले सोनम ल्होछारको दिन माघ २७ गते शनिवार धार्वालिङ्ग बौद्ध गुम्बा वीरगंजमा बिहान पूजाअर्चना गरिने, त्यसपछि शोभायात्रा निकालेर पुरानो बसपार्क प्रस्थान गर्ने, पुरानो बसपार्कमा डेढ घण्टा पूजा गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गरिने र विभिन्न परम्परागत खानाहरूको स्टल राखिने बताए । यसअघि सोनम ल्होछार वीरगंजमा मनाउँदै आए पनि यस वर्षदेखि सार्वजनिक कार्यक्रम गरी मनाउन थालिएको मुख्य संयोजक मणि पाख्रिनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here