• सञ्जय साह मित्र

आजभोलिका युवाहरू खेतीप्रति आकर्षित छैनन् । अझ पढेलेखेका भनिएका युवाहरूमा त खेतीप्रति विपरीत आकर्षण छ । यसको मूल कारण कतैबाट खोजी भएको छैन । एउटा सामान्य बुझाइमा कृषकहरूले आप्mनो पेशाबाट सम्मान पाएको महसूस नगर्दा आप्mना सन्तानलाई कृषि पेशामा प्रोत्साहन नदिएको हुुनुपर्छ । मानिसलाई आप्mनो पेशा मन पर्छ, तर जब उक्त पेशाबाट मानिस विरक्तिन्छ, सम्भव भएसम्म आप्mनो सन्तानलाई उक्त पेशामा आबद्ध हुन नपरोस् भन्ने कामना गर्छ । बालबालिका सोही निरुत्साहनपूर्ण वातावरणमा हुर्किरहेका हुन्छन् । यदि आप्mनो पेशामा सन्तोष, सुख, आराम, आनन्द प्राप्त भएको गौरव अभिभावकले व्यक्त गर्दछन् भने बालबालिकामा आकर्षण थपिन्छ, तर यसविपरीत अवस्था घरपरिवारमा रहन्छ भने त्यसप्रति आकर्षित हुन सजिलो हुँदैन ।

घरमैं सिकिने संस्कृति र भान्सासम्बन्धी दुई उदाहरण यसका लागि पर्याप्त छ । पहिलो घरमैं सबै काम गर्दा सबै संस्कृति सिकिन्थ्यो । संस्कृति सिक्न कतै जानु पर्दैनथ्यो । आपूmले आप्mनै संस्कृति मानेको छु र मेरो संस्कृति यस्तो छ तथा अरूभन्दा भिन्न छ भन्ने कुरा बुझ्न सोही किसिमको संस्कृति मानिरहेका अरूहरूको संस्कृतिमा घुलमिल हुँदा वा सहभागी हुँदा थाहा हुन्थ्यो ।

बिस्तारै शिक्षा र चेतनाको युग आउँदै गयो । शिक्षा र चेतनाले संस्कृति बचाउन सहयोग गर्नुपर्ने हो । शिक्षा र चेतनाले संस्कृति बचाउन सहयोग नगरेको होइन, तर शिक्षा लिन घरभन्दा बाहिर अन्य परिवेशमा बसेर जब पढ्नुपर्ने युग शुरू भयो र बालबालिकालाई घरभन्दा टाढा होस्टलमा राखेर वा अन्य कसैको घरमा राखेर पढाउने चलनको विस्तार हुन थाल्यो, तब मुख्य चाडपर्वको दिन मात्र बालबालिकाहरू घर आउन थाले । घर आउँदा मूल संस्कृति वा चाडपर्वबारे त थाहा भयो तर अन्य कुरा अरूले जे सुनाउँछ, त्यहीं बुझ्न वा जान्न बाध्य हुनुप¥यो । यसले संस्कृतिलाई केही आघात पुगेको सबैले महसूस गरेका छन् । यसैले हुनुपर्छ धेरै सांस्कृतिक गीतहरू लोप भइसकेका छन् । संस्कृतिका धेरै अङ्ग बिलाउन थालिसकेका छन् वा युवाहरूमा यसप्रति रुचिको अभाव रहेको छ, रुचि भए पनि जानकारीको अभाव भएको छ । अनि अर्को प्रसङ्ग भान्साकोठाको लिऔं । भान्छाकोठामा घरकी छोरीबेटीलाई खासै केही नसिकाए पनि वा जानकारी वा तालीम नदिए पनि सबै कुरा देखेरै सिक्छन् । भान्सामा आमाले, दिदीले काम गरेको देख्दा सबै कुरा थाहा हुन्छ । भान्सामा गरिने भोजनसम्बन्धी सबै कुरामा आमाजत्तिकै दिदी र दिदीजत्तिकै बहिनी पनि जान्ने हुन पुग्छन् । यो प्रक्रिया निरन्तर चलिरहन्छ । यसले समय परिवर्तनसँगै भान्सामा नयाँ प्रविधि तथा परिकार आए पनि मौलिकता जारी रहन्छ ।

कृषि क्षेत्रमा पनि केही हदसम्म यस्तो नभएको होइन । कृषिकर्ममा अहिले जो युवा संलग्न छन्, तीमध्ये पढेलेखेका ज्यादै कम छन् । हुन सक्छ, अहिलेको परिपाटीमा माध्यमिक तहसम्म अध्ययन गरेका युवाहरू पनि केही मात्रामा कृषि कार्यमा संलग्न छन् तर अपेक्षाकृत युवा सहभागिता देखिएको छैन । परिश्रम गरेर स्नातक गरेकाहरू पनि कृषिप्रति आकर्षित छैनन् । घरमा बसेर परीक्षा दिई स्नातक गरेकाहरूमध्ये पनि निकै कम कृषिमा आश्रित होलान् । अझ कृषिमैं स्नातक गरेर कृषि कर्म अँगाल्ने कति होलान र ? अनि युवाको संलग्नता नभई कृषिको विकास होला त ? यस प्रश्नले पनि जवाफ खोजेको हुनुपर्छ ।

आज युवाको सहभागिता कृषिमा त्यसै कम भएको होइन । युवालाई कृषिमा आकर्षित गर्न खासै योजना ल्याएको युवाहरूले पाएका छैनन् । उनीहरूले प्रोत्साहन पाएका छैनन् । कृषिमा युवाहरूको योगदान हुनुपर्छ भनेर युवालाई प्रोत्साहित नगर्दा मुख्यगरी पढेलेखेका युवा र कृषिबीच ठूलो खाडल हुन गएको छ । युवाहरूको लागि कृषि पनि व्यवसाय हो र यसले पनि रोजगार दिन सक्छ तथा आम्दानी दिन सक्छ भन्ने कुरा राम्ररी बोध हुन सकेको छैन । साथै कृषिले सम्मान पनि दिन्छ भन्ने कुरा पढेलेखेका युवाहरूले बुझ्न सकेका छैनन् वा बुझ्न दिइएको छैन । कृषिमा पढेलेखेका युवालाई जोड्नको लागि स्थानीय तथा प्रदेश सरकारले केही उत्साहवद्र्धक योजना ल्याउनुपर्दछ र साथै अहिले जसरी कृषक पेन्सन योजना ल्याइँदैछ वा जसरी यो भनिंदैछ कि किसानलाई पनि पेन्सन दिनुपर्छ, यस किसिमको योजना तथा कार्यक्रमसित पढेलेखेका युवा किसानलाई जोड्न सक्नुपर्छ । पढेलेखेका किसान यदि यस्ता योजनामार्फत खेतीतिर आकर्षित हुन्छन् भने निस्सन्देह कृषिको कायापलट हुने कुरामा विश्वास गर्न सकिन्छ । कृषिलाई निर्वाहमुखी बनाइराख्नुभन्दा व्यवसायीकरण गर्दा सम्मानजनक बन्न सक्छ र यस्ता योजनाहरू ल्याउँदा युवालाई आकर्षित गर्न सजिलो हुन्छ । यदि राज्यले दिने सेवा र सुविधामा युवा कृषकलाई प्राथमिकता दिइयो र कृषकको पनि योग्यता तथा उत्पादनमा योगदानको आधारमा सेवा, सुविधा तथा ऋणको ब्याज दरमा कटौती तथा ऋणमा बढोत्तरी गर्ने हो भने पढेलेखेका युवाहरूले उत्पादनसित आपूmलाई जोड्ने मात्र होइन, सम्मानित पेशामा लागेको ठान्नेछन् ।

जोसित खेतीपाती छ, जसले आप्mनो खेतबारी बाँझो राखेर उच्च शिक्षा अध्ययन रोकेर श्रम गर्न विदेशको बाटो रोजेको छ, जो सानैदेखि पढ्नु छैन, परदेश जानुछ भन्ने मनोविज्ञान राख्दछ यस किसिमका युवालाई खेतीतर्फ आकर्षित गर्न सकिन्छ । राम्रो अङ्क ल्याई पास गर्ने युवालाई सामान्यभन्दा यति प्रतिशत कम ब्याजमा कृषि ऋण दिइने छ र उत्पादकत्व यति ल्याउन सकेमा अझ ब्याजमा यति प्रतिशत छुट दिन सकिने छ वा कृषि ऋणको सीमामा यसरी बढोत्तरी गर्न सकिने छ भन्ने जस्ता कृषि योजना आउने हो भने कुनै कारण छैन कि युवाहरूलाई कृषिसँग जोड्न नसकियोस् । कृषि व्यवसायमार्फत अरूलाई रोजगार दिने युवा उद्यमीलाई कृषिकै उपजमाथि निर्भर रहने स्वदेशी उद्योगमा अझ बढी सुविधा दिन सकिन्छ । कुनै गाउँ अथवा वडामा कुनै उद्योग छैन त्यहाँ कृषि व्यवसाय वा उद्योग स्थापना गर्दा राज्यले सहयोग गर्नुपर्छ । स्थानीय सरकारलाई आप्mनो वडा र पालिकामा रोजगारी बढाउन, उच्च शिक्षित सङ्ख्या बढाउन, उत्पादन र उत्पादकत्व बढाउन, पालिकाको आय बढाउन, पालिकालाई सम्पन्न बनाउन कृषिमा युवालाई आकर्षित गर्न सकिन्छ । युवाहरूलाई समृद्धिको मार्गमा डो¥याउन सम्भव छ भन्ने कुरामा युवालाई विश्वास दिलाउनुपरेको छ । आप्mनो खेत र शैक्षिक योग्यताका प्रमाणपत्र दुवै काम लाग्ने सम्पत्ति हुन्, दुवै मूल्यवान सम्पत्ति हुन् र दुवैको संयोगले आर्थिक समृद्धि सम्भव छ भन्ने किसिमले विश्वास दिलाउन सकिन्छ । पालिकाले त उत्पादन र उत्पादकत्वको निरन्तर निरीक्षण गर्न सक्छ । निरन्तर निरीक्षणले वास्तविकता थाहा हुन्छ । भएका कमी–कमजोरी कृषि विज्ञ वा शाखामार्फत समाधान गर्न सक्छ । युवा कृषकलाई सहयोग गरेमा, सुझाव दिएमा, उद्यमतर्फ आकर्षित गरेमा र नयाँ योजनाहरूमार्फत सम्मान गरेमा युवाहरू कृषि क्षेत्रमा केही गर्न सकिन्छ भनेर कृषिप्रति समर्पित हुन सक्छन् ।

पढेलेखेका युवा र कृषिकर्म नदीका दुई किनारा होइनन् । युवाको जोश र जाँगरलाई तिनको सम्मानसित जोडेर कृषिलाई पनि सम्मानित पेशाको रूपमा स्थापित गर्नु अहिलेको आवश्यकता हो । कृषिलाई सम्मानित पेशाको रूपमा स्थापित गर्नको लागि माथि भनिएका केही व्यवस्थाहरू गर्नुका साथै कृषि उपजको सही मूल्यमा बिक्री वितरण हुुने व्यवस्था मिलाउनुपर्दछ । राज्य वा स्थानीय सरकारले युवा कृषकलाई यो विश्वास दिलाउन सक्नुपर्छ कि उत्पादन खेर जाँदैन र उत्पादनले सही अर्थमा उत्पादककर्ताले खोजेको समयमा मूल्य पाउँछ । किसान निराश हुने वातावरण बन्नुहुँदैन । सम्भव भएसम्म बिस्तारै कृषिको लागि आवश्यक पर्ने सिंचाइ, रासायनिक वा प्राङ्गारिक मलको व्यवस्था गर्दै लैजानुपर्छ । उचित बीउ पनि दिन सक्नुपर्छ । यसरी कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने वातावरण बनाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here