घरको सरसफाइ सबैले गर्नुपर्छ । कसैकसैलाई सरसफाइ यति मनपर्छ कि दिनभरि घरको भित्ता, भुइँ, कुनाकाप्चा, रेलिङ, झ्याल, ढोकालगायत ठाउँ सफा गरिरहन्छन् । यी सबै स्थान सफा गर्न सजिलो भएपनि सबैभन्दा गा¥हो भनेको घरको स्वीचबोर्ड सफा गर्ने । गृहिणीहरू स्वीचबोर्ड सफा गर्न निकै डराउँछन् । किनभने यसमा करेन्ट लाग्ने सम्भावना हुन्छ तर मैलिएको हातले छोएको स्वीचबोर्डमा तेल, तरकारी, मसलाको दागधब्बा सफा गर्न निकै समस्या हुन्छ ।

फोहर स्वीचबोर्डलाई सजिलै सफा गर्न सकिन्छ तर सफा गर्नुभन्दा पहिले केही कुरामा ध्यान दिनुपर्छ । स्वीचबोर्डलाई सफा गर्नुभन्दा पहिले घरको मेन पावरलाई बन्द गर्नुपर्छ । त्यसपछि घरका अन्य सदस्यलाई यसबारे जानकारी दिएर पावरलाई अन नगर्न भन्नुपर्छ । स्वीचबोर्ड सफा गर्न पञ्जा, बु्रस र ब्लिच पाउडर चाहिन्छ । त्यस्तै, सुक्खा चप्पल लगाएर सदैव स्वीचबोर्ड सफा गर्नुपर्छ ।

ब्लिच पाउडरको मदतबाट सजिलै स्वीचबोर्ड सफा गर्न सकिन्छ । यसको लागि धेरै मेहनत पनि गर्नुपर्दैन । सबैभन्दा पहिले एउटा भाँडामा दुर्ई चम्चा ब्लिच पाउडर राख्ने, त्यसपछि यसमा दुर्ई/तीन चम्चा कागतीको रस मिसाएर गाढा मिश्रण बनाउने । यस मिश्रणमा पानीका केही थोपा राखेर राम्ररी घोल्नुपर्छ । अब यो मिश्रणलाई स्वीचबोर्डमा दलेर पाँच मिनेट छाडिदिने । पाँच मिनेटपछि ब्रुस र सफा कपडाको मदतले स्वीचबोर्ड सफा गर्दा सजिलै सफा हुन्छ र मेहनत पनि गर्नुपर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here