व्यस्त दिनचर्यामा यदि फिट रहन चाहनुहुन्छ भने योग गर्न शुरू गर्नुस् । आजको समयमा हाम्रो खानपान निकै बिग्रिसकेको छ, जसको असर स्वास्थ्यमाथि पर्दैछ । यस्तोमा निरोगी रहनको लागि योग गर्नुपर्छ । योगको उत्पत्ति सबैभन्दा पहिले भारतमा भएको थियो । त्यसपछि दुनियाँका अन्य देशमा पुग्यो । आजको समयमा धेरैजसो देशमा योग गरिन्छ । योगको इतिहास पाँच हजार वर्ष पुरानो छ । नियमित योग गर्नाले शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ । योगाभ्यास गर्नेहरूको मनमा एउटा प्रश्न आउँछ, योग गर्नुभन्दा पहिले नुहाउनुपर्छ ?

यसबारे योग प्रशिक्षक रजनीश शर्मा भन्छन्– योग एउटा प्राचीन भारतीय परम्परा हो । जसले शारीरिक र मानसिक स्वास्थ्य सुधार्न मदत गर्छ । योग गर्नुभन्दा पहिले नुहाउनु नै पर्छ भन्ने जरुरी छैन । ननुहाएर पनि योग गर्न सकिन्छ तर यदि तपाईं नुहाएर योग गर्नुहुन्छ भने धेरै तरोताजा महसूस गर्न सक्नुहुन्छ ।

योग गर्नुभन्दा अगाडि नुहाउँदा निम्न फाइदाहरू हुन्छन्ः स्नान गर्नाले मानसिक शुद्धि हुन्छ । जब तपाईं नुहाएर योगाभ्यास गर्नुहुन्छ भने आपूmलाई तरोताजा महसूस गर्नुहुन्छ र योग गर्न मन लाग्छ । जसबाट योगाभ्यास झनै प्रभावकारी हुन्छ । योग एउटा साधना हो । नुहाएर योग गर्दा तपाईंको तनमनले पनि योगलाई महसूस गर्न थाल्छ । स्नान गरेर योग गर्नाले मन भट्किंदैन । योग गर्ने बेलामा शरीर र मन स्थिर हुनुपर्छ, तबमात्र योगको भरपूर लाभ पाउन सक्नुहुन्छ । धेरैजसोले योगाभ्यास गर्ने बेलामा उनीहरूको मन भटकिने र यताउतिका कुराकानी गर्न थाल्छन् । तर जब नुहाएर तपाईं योग गर्नुहुन्छ भने मन स्थिर हुन्छ र योगको भरपूर लाभ प्राप्त हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here