प्रस, परवानीपुर, २३ माघ/
वीरगंज महानगरपालिका–१४ बहुअरी पिपराको क्षेत्रमा वडा कार्यालयले वडास्तरीय बजेटबाट विभिन्न बस्तीका भित्री सडकहरू ढलान, मरम्मतसम्भार एवं निर्माण कार्य अघि बढाएको छ ।

वडाध्यक्ष महबुब एलाही अन्सारीका अनुसार महानगरपालिकाबाट वडा कार्यालयले रु ७० लाख वडास्तरीय बजेट प्राप्त गरेकोमा सामाजिक विकास शीर्षकबाहेकको बजेट रु ३० लाखमध्ये बहुअरीमा १० लाख, सानो पिपरामा छ लाख, ठूलो पिपरामा १२ लाख, राधेमाईमा दुई लाख छुट्याइएको छ ।

सबै काम स्थानीय उपभोक्ता समितिमार्फत अगाडि बढाइएको उनले बताए । त्यसैगरी सामाजिक विकास शीर्षकको रकमबाट खेलकूदमा तीन लाख, सिलाइकटाइमा पाँच लाख, कम्बल वितरणमा तीन लाख, शिक्षा र स्वास्थ्यमा एक/एक लाख, धार्मिक गतिविधिको लागि तीन लाख एवं आकस्मिक सहायताको लागि रु १० लाखलगायत ४० लाख छुट्याइएको उनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here