यदि तपाईंको अनुहार पनि सुन्निएको छ भने सावधान हुनुपर्छ । किनभने यो कुनै गम्भीर रोगको पहिलो सङ्केत हुन सक्छ । बिहान उठ्ने बेला अनुहार सुन्निएको छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ र यसको उपचार गराउनुपर्छ । अनुहार सुन्निनु साधारण समस्या भएपनि यसको पछाडि थुप्रै खतरनाक कारण पनि हुन सक्छन् । बिहान उठ्नेबित्तिकै अनुहार सुन्निनुको कारण कुनै भित्री चोट वा रोग हुन सक्छ ।

अनुहार सुन्निनुको कारणः निद्रा राम्रो नलाग्दा पनि अनुहार सुन्निन्छ । यसको कारण द्रव्य प्रतिधारण हुन सक्छ । हामी सुत्दा तरल पदार्थ पनि आराम गर्न थाल्छ र त्यो अनुहारको वरपर जम्मा हुन्छ । गलत ढङ्गले सुत्दा पनि अनुहार सुन्निन सक्छ ।

गलत खानपानः बर्गर, पिज्जा, प्रोसेस्ड मासु र फ्रेन्चफ्राइजजस्ता फास्टपूmडले पनि अनुहार सुन्निन्छ । किनभने यी खाद्य पदार्थमा ठूलो मात्रामा सोडियम हुन्छ र शरीरमा पानी जम्मा हुन पुग्छ, त्यसपछि अनुहार सुन्निन थाल्छ ।

रक्सीसेवनः एउटा अध्ययन अनुसार रक्सी पिउनाले निर्जलीकरण हुन्छ । यसको कारण तपाईंलाई पटकपटक पिसाब फेर्नुपर्छ । रक्सीसेवन गरेर सुत्दा अनुहारमा तरल पदार्थ जम्मा हुन्छ र अनुहार सुन्निन थाल्छ ।

हाइपोथाइराइडिज्मः यसमा बिरामी बिहान उठ्दा उसको अनुहार सुन्निएको हुन्छ । हार्माेनको अपर्याप्त उत्पादनले यस्तो हुन्छ । यस्तो बेला चिकित्सकको सल्लाह अवश्य लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here