कठ्याङ्ग्रिदो जाडो र मौसमी बिमारीको बावजूद चीसो मौसम धेरैलाई मन पर्छ किनभने यस मौसममा खेलकूद, कसरत गर्न, स्वादिष्ट खानेकुरा खान सकिन्छ । तर यही मौसममा धेरैजना आपूmलाई ऊर्जावान् महसूस गर्दैनन् । कतिपय मौसम परिवर्तनबाट प्रभावित हुन्छन् । यस्तोमा डिप्रेशनको रूप लिन्छ जसले गर्दा उनीहरूको व्यवहार उदास र ऊर्जाहीन महसूस हुन्छ । यसलाई विन्टर डिप्रेशन भनिन्छ । भारतमा चीसो मौसमको समयमा करीब एक करोड व्यक्ति विन्टर डिप्रेसनको चपेटमा आउने गरेका छन् ।
विन्टर डिप्रेशन एक प्रकारको अवसाद हो । जुन मौसममा परिवर्तन र कम घामको कारण हुन्छ । यसलाई सिजनल अफेक्टिभ डिसअर्डर पनि भनिन्छ । एउटा अध्ययन अनुसार जाडो मौसममा सूर्यको प्रकाश सबैलाई मन पर्छ तर यसको कमीको कारण डिप्रेशनको समस्या पनि हुन्छ । जब मौसममा परिवर्तन हुन्छ तब हाम्रो शरीरको बायोलोजिकल क्लकमा पनि बदलाव हुन्छ । यस्तै चीसो मौसममा पनि हुन्छ ।
कम घामको कारण सेरोटोनिन लेभलमा कमी आउँदा विन्टर डिप्रेशन हुन सक्छ । स्वास्थ्य विज्ञ अनुसार यसको दुर्ईवटा कारण हुन सक्छ । पहिलो हो घाम उदाउने समय, जसले गर्दा मस्तिष्कमा सेरोटोनिन हार्माेनले हाम्रो सेक्रेशनलाई प्रभावित गर्छ । यो एउटा मूड लाइटनिङ हार्माेन हो, जसलाई हामी ह्याप्पी हार्माेन पनि भन्छौं । यसले मस्तिष्कको लागि न्युरो ट्रान्समिटरको रूपमा काम गर्छ र मूडलाई सीधै प्रभावित गर्छ । यसको स्तरमा कमी आएपछि मानसिक स्वास्थ्यमाथि नकारात्मक असर पर्न थाल्छ र डिप्रेशनको लक्षण बढाउँछ ।
चिकित्सकका अनुसार चीसोको असर कम गर्न शरीरलाई न्यानो बनाउनुपर्छ । यसको लागि बढी मात्रामा कार्बाेहाइड्रेट जलाउनुपर्छ । जब शरीरमा कार्बाेहाइड्रेट अधिक मात्रामा जल्न थाल्छ तब कार्टिसोलको उत्सर्जन अर्थात् सिक्रेशन बढ्छ । कार्टिसोल एउटा नेगेटिभ हार्माेन हो, जुन डिप्रेशनको लागि जिम्मेवार हुन्छ । यसकारण चीसोमा जब कार्टिसोलको मात्रा शरीरभित्र बढ्न थाल्छ तब व्यक्ति उदास र डिप्रेस्ड महसूस गर्छ ।
विन्टर डिप्रेशनको लक्षणः प्रायः मन उदास हुने, कुनै काममा मन नलाग्ने, रुचाएको काम गर्न पनि इच्छा नलाग्ने, हरेक समय थकान र ऊर्जाहीन महसूस गर्ने, धेरै निद्रा लाग्ने, ध्यान लगाउन नसक्ने, आत्मविश्वासको कमी, बाँच्ने चाहना समाप्त हुन्छ ।
कसरी जोगिनेः घामको सम्पर्कमा आउनाले भिटामिन डीको कमी मात्र पूरा हुँदैन, मस्तिष्कलाई सेरोटोनिन नामक हार्माेन जारी गर्न पनि मदत पुग्छ । जसले हाम्रो व्यवहारलाई राम्रो बनाउँछ, चिन्ता कम गर्छ । त्यसकारण धेरैभन्दा धेरै समय घाममा बिताउनुपर्छ ।
नियमित शारीरिक गतिविधि गर्नुपर्छः चीसो मौसममा एकाबिहानै बिछ्यौना छोड्न मन लाग्दैन तर शारीरिक गतिविधिले तपाईंको व्यवहारलाई राम्रो बनाउँछ । नियमित व्यायाम गर्नाले शरीरमा ह्याप्पी हार्माेन उत्पन्न हुन्छ । तसर्थ जतिसुकै उदास भएपनि व्यायाम गर्न छोड्नुहुँदैन ।
सामाजिक गतिविधि बढाउनेः मित्र र आफन्तको लागि समय निकाल्नुस् र चीसो मौसममा प्रियजनसँग नजीक रहनुस् । यसबाट तपाईंले राम्रो महसूस गर्न सक्नुहुन्छ ।
सकारात्मक बानी बसालौंः सेल्फ केयर जस्तो बानीले तपाईंको मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ । चीसो मौसममा उदासी हटाउँछ । सकारात्मक बनिरहनको लागि सामाजिक सञ्जाल प्रयोग गरौं, पोषक तत्वले भरिपूर्ण खाद्य पदार्थ सेवन गरौं ।