काठमाडौं, २२ माघ/रासस
नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौं–दिल्ली–काठमाडौं मार्गमा निश्शुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

“विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस)का सन्दर्भमा यो रोग लाग्नबाट बचौं र बचाऔं भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बद्ध परिवारलाई थोरै भएपनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले चिकित्सकको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिशका आधारमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँछौं,” निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here