काठमाडौं, २२ माघ/रासस
सरकारले दादुरा–रूबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रूबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए ।

यो खोप अभियान सञ्चालन गरी करीब ५७ लाख बालबालिकालाई लगाइनेछ । भारतीय सेरम इस्टिच्युटले उत्पादन गरेको उक्त खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेशन (गाभी)को अनुदानमा उपलब्ध भएको उनले बताए ।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकालाई आगामी फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाइएको छ ।

भारतसँग सीमा जोडिएका तथा दादुरा–रूबेलाको अति सङ्क्रमित २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महीनादेखि १५ वर्षमुनिसम्मका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए ।

बाँकी जिल्लामा नौ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ छ ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिमरूकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको जनाउँदै चाँडै नै जिल्लामा पठाइने बताए ।

दादुरा–रूबेला भएका बेला ज्वरो आउने, शरीरमा राता बिमिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उनले बताए ।

सामान्यतयाः दादुरा–रूबेला लागेका बिरामीमा आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या देखिन्छ । गत वर्ष १९ जिल्लामा दादुरा–रूबेला महामारीका रूपमा फैलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here