प्रस, ठोरी, माघ २०/

नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले ठोरीलाई समृद्ध बनाउन आपूmले कार्य थालनी गर्ने बताएका छन । समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत संवाद यात्रालाई ठोरी–२ गणेशमान पार्कमा आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै  काङ्ग्रेस महामन्त्री थापाले उक्त कुरा बताएका हुन्।

नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले ठोरीलाई समृद्ध बनाउन ठोरी छोटी भन्सारको अविलम्ब स्तरोन्नति गराउन आप्mनो पहल हुने, अधूरो हुलाकी सडक पूरा गर्न र जनजीविकाका पक्षमा सम्बन्धित मन्त्री र सरोकारवालासँग समन्वय गरी जनताले महसूस हुने गरी अविलम्ब कार्य थालनी गर्ने प्रतिबद्धतासमेत जनाए।

ठोरीलाई वन्यजन्तु पर्यटकीय क्षेत्र घोषणा गराई वन्यजन्तुबाट ठोरीलाई समृद्धिको यात्रामा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे। व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै काङ्ग्रेसले समुदायमा काँग्रेस अभियान सञ्चालन गरी सर्वोच्च नेता गणेशमान सिंहको भूमिमा आउन पाएकोमा र यहाँका नागरिकको समस्या जानकारी लिन पाएकोमा छुटै अनुभूति भएको काङ्ग्रेस महामन्त्री थापाले बताए। ठोरीको समग्र समस्याको समाधान गराउन कटिबद्ध रहेको उनले बताए। कार्यक्रममा गत असोजमा काठमाडौ केन्द्रित शैक्षिक आन्दोलनको क्रममा घाइते भएकी एकमात्र शिक्षक सन्जिता खत्रीलाई नेपाली काङ्ग्रेसले दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गरिएको नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिए।

उक्त कार्यक्रममा नेपाल शिक्षक महासङ्घ ठोरीले सरकार र शिक्षक कर्मचारीबीच भएका विभिन्न सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो।

त्यस्तै नेपाली काङ्ग्रेसले पनि ठोरीवासीको भावना अनुरूप माग प्रस्तुत गर्दै महामन्त्री थापालाई ध्यानाकर्षणपत्र बुझाएको छ। कार्यक्रममा उपस्थित ठोरीवासीले उठाएको प्रश्नको जवाफ काङ्ग्रेस महामन्त्री थापाले दिएका थिए। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवनबहादुर शाही, केन्द्रीय सदस्यहरू किरण पाण्डे, प्रतिमा गौतम, नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षत्री, मधेस प्रदेशका काङ्ग्रेस महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठलगायत प्रतिनिधिसभा सदस्यहरू, राष्ट्रियसभा सदस्यहरू र विभिन्न प्रदेशका माननीयहरू, विभिन्न पालिकाका मेयर उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा काङ्ग्रेसका भ्रातृ संस्थाका नेता, शुभेच्छुक संस्थाका प्रतिनिधि एवं नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।

नेपाली काङ्ग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजीकरण महाधिवेशन प्रतिनिधि प्रकाश खनालले गरेका थिए। कोशी प्रदेशको मेची पुलबाट प्रारम्भ भएको काङ्ग्रेसको संवाद यात्रा आज ठोरीमा सम्पन्न भएसँगै मधेस प्रदेशबाट आजै साँझ चितवनको माडी पुग्नेछ। आज पर्साका पार्टी सभापति जनार्दन सिंह क्षत्रीले काङ्ग्रेसको संवाद यात्रा टोलीलाई चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनाललाई हस्तान्तरण गर्दै शुभकामना दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here