राजेश केसरीवाल, रक्सौल, २० माघ/

सीमावर्ती रक्सौलमा चार लाखको जाली नोटसहित चारजना पक्राउ परेका छन्। रक्सौलका एसडिपिओ धर्मेन्द्र कुमारले सूचनाको आधारमा एउटा होटलमा बसेका चारजनालाई जाली नोटसहित पक्राउ गरेको बताए। उनले होटलमा बसेका उनीहरूको कोठाबाट जाली नोट बनाउने प्रिन्टर र कागज पनि बरामद भएको जानकारी गराएका छन्। पक्राउ पर्नेमा भारत नवलपुर सिवानका महम्मद युसुफ, लक्ष्मीपुर निवासी नीरजकुमार, सुरजकुमार गिरी र रविकुमार छन्। उनीहरूबाट भारु सय र दुई सयको चार लाख जाली नोट बरामद भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here