प्रस, वीरगंज, २० माघ/
भौतिकवादी समाज नेपालको शनिवार चितवनको माडीमा नगर भेला सम्पन्न भएको छ।
समाजका केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले संसारमा दिन प्रतिदिन आधुनिक शिक्षाको प्रभाव बढ्दै गएपछि विज्ञान प्रविधिलेले बढाएको ज्ञानको आलोकमा अन्धविश्वास र रूढिवाद हट्दै गएको बताए। उनले यतिबेला संसार भर कुनै पनि धर्म नमान्ने मानिसहरूको सङख्या १५.६ प्रतिशत रहेको दाबी गरे।
समाजका जिल्ला अध्यक्ष ओमनाथ पाण्डेको अध्यक्षता भएको भेलामा सन्देश पौडेल, लक्षु विश्वकर्मा, सन्त महतो, टुकनारायण पौडेल, ऋषिराम काप्mले, नारदमणि पौडेल, गोविन्द विश्वकर्मा लगायतले भौतिकवादी विचार र आजको समाजबारे मन्तव्य व्यक्त गरेका थिए।
ेकार्यक्रममा राजु पौडेलले स्वागत र सहजीकरण गरेका थिए। भेलाले टुकनारायण पौडेलको अध्यक्षतामा ११ सदस्यीय नगर समिति माडी भौतिकवादी समाज नेपाल गठन गरेको छ।