प्रस, पोखरिया, १९ माघ/
पोखरिया नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासङ्घ, पर्साको आयोजनामा चितवनको सौराहामा पत्रकार स्तरवृद्धि तीन दिने तालीम शुरू भएको छ ।

तालीम उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकार स्तरवृद्धिको लागि तालीम आयोजना गरिएको बताए । उनले जिल्लामा पत्रकारिता गरिरहेकाहरूलाई पत्रकारितासम्बन्धी तालीम दिएर प्रशिक्षित गरिने बताए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका कोषाध्यक्ष सञ्जीव मिश्रको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कृष्णमोहन साह, राजेन्द्र सिंह राजपूत, सहसचिव श्याम सर्राफ, धर्मेन्द्र चौरसिया, श्याम कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तीन दिने तालीममा शाखा अध्यक्ष अनुप तिवारी, रितेश त्रिपाठी र क्षेत्रबहादुर कार्कीले पत्रकार स्तरवृद्धिबारे तालीम दिने छन् । कार्यक्रमको सहजीकरण तिवारी यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here