बालमनोविज्ञान वा चाइल्ड साइकेयाट्री : २

• डा शिवशङ्कर यादव

गताङ्कमा आटिज्मको उपचारसम्म वर्णन सकिएको थियो । अब–

व्यापक विकासका अन्य विकृति :

चाइल्ड साइकोसिस एउटा अस्पष्ट टर्म हो जसमा निम्नलिखित कुरा समाहित हुन्छन् । यथा : चाइल्डहूड : सिजोफ्रेनिया, मूड डिजार्डर र अर्गेनिक साइकियाट्रिक डिजार्डर । यी सबैको पहिले इनफेन्टाइल अFटिज्म भनेर दुरुपयोग मात्र भएको थियो । सिजोफ्रेनिया, मूड डिजार्डर र अर्गेनिक साइकियाट्रिक डिजार्डर बच्चामा समानजस्तो देखिन्छ, ठूला मानिसमा जस्तो तिनका लक्षण अलग अलग हुने जस्तो होइन । कहिलेकाहीं चाइल्ड सिजोफ्रेनियालाई अFटिज्म भन्ने गल्ती गरिन्छ । तर दुवैमा निम्नलिखित अन्तर छन् : डेल्युजन र हलिसिनेशन चाइल्डहूड सिजोफ्रेनियामा हुन्छ, तर अFटिज्ममा हुँदैन । चाइल्डहूड सिजोफ्रेनिया ५ देखि ६ वर्षमा हुन्छ, तर आटिज्म साढे दुई वर्षभन्दा पहिले हुन्छ ।

अटिज्ममा मध्यम र कडा खाले मानसिक कमजोरी हुन्छ तर सिजोफ्रेनियामा कि हुँदैन वा हलुका खाले हुन्छ । यस अतिरिक्त व्यापक विकासको विकृतिमा अर्को तीन विकृति पनि आउँछ यथा : क. हेलर सिन्ड्रोम वा डिसइन्टिग्रेटिभ साइकोसिस, जसलाई आस्ट्रियन शिक्षक थियोडोर थोमसले १९०८ मा पत्ता लगाए, जुन रोग एक लाख बच्चामध्ये एउटामा पाइन्छ । ख. एस्पर्जर सिन्ड्रोम जसलाई सर्वप्रथम एकजना अस्ट्रियन चिकित्सक जोहन फ्रेडरिक कर्ल हेन्स स्पर्जरले १९४४ मा पत्ता लगाए तर मनोचिकित्साको मैनयुअलमा १९९४ मा मात्र दर्ता भयो र ग. रिट्स सिन्ड्रोम, जसलाई सर्वप्रथम भियनाका एकजना स्नायु विकास बालरोग विशेषज्ञ एन्ड्रिज रेटले १९६६ मा रिपोर्ट गरेका थिए । पहिलो, अर्थात् हेलर सिन्ड्रोम ३ देखि ५ वर्षमा देखिन्छ र यसको मानसिक कमजोरीको विकास डाउनहिल कोर्सले हुन्छ ।

के हो डाउनहिल कोर्स भनेको ? साइकल जब ओरालोमा गुड्छ त्यो माथिबाट लगातार तलतल जान्छ । माथि आउने कुरै छैन । त्यस्तै जब कुनै रोग कम लक्षणबाट बढ्दै जान्छ र पहिलेको अवस्थामा कहिले पनि आउँदैन त्यो हो डाउनहिल कोर्स । रोगको लक्षण कहिले पनि निको हुने तिर लाग्दैन झन्झन् बढ्दै जान्छ । यसमा उपचारले केही काम गर्दैन । दोस्रो अर्थात् स्पर्जर सिन्ड्रोम, अFटिज्मको त्यो रूप हो जसमा भाषा आदि सिकाइमा खास समय लाग्दैन र आइक्यु पनि कम हुँदैन, जसलाई हलुका अFटिज्म भन्न सकिन्छ ।

यसको अनुपात पुरुष महिलामा ८ः१ हुन्छ । तेस्रो अर्थात गेट्स सिन्ड्रोम केवल केटी मान्छेमा हुन्छ जसमा पहिले विकास त सामान्य हुन्छ र शिरको परिधि पनि ठीक हुन्छ । तर ५ देखि ३० महीनाको बीचमा शिरको घेरा कम हुँदै जान्छ र शुरूआतको सामान्य र भइसकेको फाइन मोटर मुभमेन्ट पनि समाप्त हुन थाल्छ तथा पछि निचोर्नु, बटार्नु आदि कुरा स्टेरियोटाइप्ड हुँदै सबै किसिमको गतिशीलताको विकृति विकास भएर बच्चा कडा अपाङ्गतामा पुग्छ ।

४. हाईपरकाइनेटिक वा अत्यधिक चंचलताको विकृति

यसलाई एटेन्शन डेफिसिट डिजार्डर वा एकाग्र हुन नसक्ने विकृति पनि भनिन्छ । यसलाई सर्वप्रथम हेनरिच हाफले १८५४ मा पत्ता लगाए । तबदेखि यसलाई विभिन्न नामले पुकारिन्छ । यथा : मिनिमल ब्रेन डिसफंक्शन, स्ट्रFस सिन्ड्रोम, अर्गेनिक ड्राइभनेस वा मिनिमल ब्रेन डैमेज आदि । यो एउटा सामान्य डिजार्डर हो जुन स्कूल जाने उमेरको ३ प्रतिशत बच्चामा देखिन्छ । यसको शुरूआत सात वर्षमा हुन्छ तर अधिकांश चार वर्षको बच्चामा पनि देखिन्छ । यो चार प्रकारको हुन्छ : अत्यधिक चञ्चलतासहित, चञ्चलतारहित, रेसिड्युअल र चालचलनको विकृतिसहित । पहिलो अर्थात् चञ्चलतासहितको डिजार्डर बढी सङ्ख्यामा पाइन्छ, जसमा एकाग्रताको कमी–शुरू गरेको काम पूरा नगर्ने, पूरा भइ नसकेको काम छाडी अर्को गर्न थाल्ने, सुन्न नचाहने, बाहिरी कुनै कारणले पूरै विचलित हुने । त्यस्तै हाइपर एक्टिभिटी अन्तर्गत पर्छ चुलबुले र चकचके हुने, एक ठाउँमा बस्न नसक्ने, यताउति डुली रहने, अत्यधिक कुरा गर्ने, अर्काको कार्यमा बाधा हाल्ने आदि हुन्छ । तेस्रो कुरा हो संवेगी हुनु, जसमा विनाविचार क्षण भरमा काम गर्न चाहने, खेल वा कामको प्रतीक्षा नगर्ने ।

अर्को हो, चञ्चलताविहीन : जसमा एकाग्रताको कमी कमै सङ्ख्यामा पाइन्छ जसमा चञ्चलताबाहेक अरू लक्षण समान हुन्छ । रेसिड्युअल टाइपमा पहिले हाइपरकाइनेटिकजस्तै इतिहास हुन्छ जसमा रोग छुटे पनि केही लक्षण वयस्कावस्थासम्म रहिरहन्छ । त्यसकारण यसलाई रेसिड्युअल भनियो । चौथो हो हाइपरकाइनेटिक कन्डक्ट डिजार्डर : जुन बच्चाको चालचलनमा देखिन्छ जुन शिक्षक र मातापिताको रिपोर्टबाट थाहा हुन्छ ।

कारण
उपरोक्तका थुप्रै कारणहरू हुन्छन् जसमा : हलुका ब्रेन डैमेज, परिपक्वतामा कमी, वंशानुगत र नरइपिनेफ्रिन तथा डोपामिनको असन्तुलन आदि । तर ठ्याक्कै थाहा नभए पनि शुद्ध मनोवैज्ञानिकभन्दा जैविक कारण नै मुख्य देखिएको छ । यसका ८० प्रतिशत बिरामी किशोरावस्थासम्म पुग्दापुग्दै आफैं ठीक हुन्छ । १५ देखि २५ प्रतिशतलाई वयस्कावस्थासम्म केही लक्षण रहिरहन्छ जसमा संवेगी हुनु र एकाग्र हुन नसक्ने लक्षणहरू हुन्छन् । तर पनि चञ्चलता समाप्त भइसक्छ ।

उपचार निम्नलिखित छन् :
औषधीय चिकित्सा जसमा स्टिमुलेन्ट आउँछ : डेक्सट्रोएम्फिटामिन र मिथाइल फेनिडेट । यो ९० प्रतिशत सफल हुन्छ । यसले ब्रेन रोक्ने काम बढाएर चञ्चलता कम पार्छ । अन्य औषधिमाः क्लोनिडिन, इमिप्रामिन, वुप्रोपियोन, भेन्लाफेक्सिन, क्लोरप्रोमाजिन र थायोरिडाजोन आदि । तर यिनको उपयोग जब माथिको स्टिमुलेन्टले काम गर्दैन, तब मात्र गरिन्छ । दोस्रोमा, विहेवियर र तेस्रोमा काउन्सेलिङ र सपोर्टिभ साइकोथेरापी । एक्लै यी दुवैले काम गर्दैनन् । यस कारण औषधीय उपचारसँगसँगै यो पनि गरिन्छ ।

५. कन्डक्ट डिजार्डर वा चालचलनको विकृति :
यसको मतलब हुन्छ बच्चाको सामाजिक चालचलन असामाजिक हुनु, सामाजिक चलनको अवहेलना र उल्लङ्घन, जसले अर्काका अधिकारको हनन हुन्छ । यो केटीभन्दा केटामा ५ देखि १० गुणा बढी हुन्छ । अमेरिकामा सबै १८ वर्ष उमेरको बच्चा १० प्रतिशतले यसबाट पीडित हुन्छन् । यसको चार उपप्रकार छ । यथा : क. परिवारभित्र सीमित ख. असामाजिक चालचलन ग. सामाजिक र घ. खुल्लमखुला सामाजिक चलनको उल्लङ्घन । यसका लक्षण हुन् : बारम्बार भूmट बोल्नु, चोरी वा डकैती गर्नु, तोडफोड र आगो लगाउने, हातहतियारको प्रयोग, मान्छे वा अरू पशुप्रति क्रूर र निर्दयी हुनु आदि ।

सामाजिकरूपमा केवल कसैलाई माया नगर्ने गुनासो मात्र हुन्छ । खुल्लमखुला रूप बढी चिन्ताको डिजार्डर हो जसमा साइको डिजार्डर लुकेको हुन्छ । पहिले चालचलनको विकृतिलाई जुभेनाइल डेलिक्वेन्सी भनिन्थ्यो । सोसल टाइप निको हुन्छ र राम्रो जीवन व्यतीत गर्न सक्छ । केही कडा लक्षणहरू क्रोनिक बन्छ र १८ वर्षपछि पर्सनालिटी डिजार्डर बन्छ ।

यी टिपिकल लक्षण केही सहायक चरित्रको रूपमा देखा पर्छ । यथा ड्रग एब्युज र ड्रगडिपेन्डेन्सी, नचाहिंदो गर्भधान, एड्स निम्त्याउनु, आपराधिक रेकर्ड तथा आत्महत्या वा हत्याजस्तो व्यवहार । यसको उपचार कठिन हुन्छ र रोगीलाई निको पार्न संस्थामा भर्ती गर्नुपर्छ । जब बच्चा कानूनी कठिनाइको सामना गर्छ । व्यवहार, प्रशिक्षण र साइकोथेरापी यसको उपचार हो । रोगीमा छारे रोग, चञ्चलता, आवेग वा उन्माद छ भने औषधीय चिकित्सा आवश्यक पर्छ ।