• सञ्जय मित्र

हिन्दू धर्म वा सनातन धर्ममा तेत्तीस कोटि भगवानको प्रसङ्ग आउने गर्दछ । भगवानको सङ्ख्या हो कि प्रकार ? यसबारे पनि मतभिन्नता पाइन्छ ।

कोटिको अर्थ प्रकार पनि हो । कोटि वा समूह पनि हुन सक्छ । यसरी एउटा मत यो रहेको छ कि तेत्तीस कोटिको अर्थ तेत्तीस प्रकारका देवदेवी छन् । सबै हिन्दू देवदेवीलाई तेत्तीस समूहमा विभाजन गरिएको छ भन्नु हो ।

अर्को मत छ कोटिको अर्थ करोड हो । यसबाट देवदेवीको सङ्ख्या तेत्तीस करोड रहेको छ । तेत्तीस करोड सङ्ख्या निकै धेरै हो । यत्तिका देवदेवीको पूजा कसरी सम्भव हुन्छ ? तेत्तीस करोड देवदेवीको नाम पनि सम्झना होला मानिसलाई ? कुनै पनि ग्रन्थमा एक ठाउँमा यी सबै देवदेवीको नाम लेखिएको नहोला । यसरी कतिपयले अविश्वास गर्ने गरेको पाइन्छ ।

अरू विभिन्न धर्ममा केवल एक देवता वा भगवानको पूजा हुन्छ । ईश्वर एक हुन्छन् भनिएको पाइन्छ । हिन्दू धर्मका केही ग्रन्थहरूले पनि ईश्वर एक भएको बताउँछन् । ईश्वर एक हुनु र अनेक हुनुमा पाइने भिन्नताबारे विद्वान्हरूबीच फरक मत पाइन्छ ।

मानिसको एउटा जीवनलाई एक छिनको लागि उदाहरणको रूपमा हेरौं । एउटा मानिसमा मन एक हुन्छ कि अनेक ? मानिस अरूले भनेको मान्छ कि आपूmले भने वा आप्mनो मनले ? कुन ठूलो हो– आप्mनो मन कि अरूको सल्लाह ? मानिस जतिसुकै अर्काको अधीन रहे पनि दासबाहेक अन्यले अरूले भनेको मान्दा कि त डिउटी पूरा गरिरहेको हुन्छ वा आफ्नो विवेक पु¥याएर काम गरिरहेको हुन्छ ।

भनिन्छ, मानिसको मन चञ्चल हुन्छ । मन चञ्चल भएको कारण उसको मनमा अनेक विचार लगातार आइरहन सक्छ । विचारहरू खेलिरहन सक्छन् । विचारको आरोह–अवरोह भइरहन सक्छ । मनमा विचारको छाया–प्रतिच्छाया देखिइरहन सक्छ । कुनै एक विषयमा निर्णय गर्न वा निर्णयपछि त्यसलाई लागू गर्न अनेक तर्कनाहरू आइरहन्छन् । अनि यो पनि भन्ने गरिन्छ कि मस्तिष्क र हृदयमा फरक छ । मनको सम्बन्ध हृदय र मस्तिष्कसित रहेको हुन्छ । यदि मानिस गलत गरिरहेको छ भने उसको हृदयले उसलाई राक्छ तर मन भने मान्दैन । भनिन्छ, मानिसको हृदय कहिल्यै पनि अपवित्र हुँदैन, मानिसको हृदयले कहिल्यै झूटो बोल्दैन जबकि उसको मनले वा दिमागले उसलाई झूट बोल्न प्रेरित गरिरहेको हुन्छ ।

गाउँँघरमा कुनै चिकित्सकनेर काम गर्ने सिकारूले सबै रोगको उपचार गर्छन् । औषधि पसलेले सबै रोगको औषधि दिइहाल्छन् । सामान्य कोही सिएमए वा एचए गरेकाले पनि सबै रोगको उपचार गर्ने गरेको देखिन्छ । एमबिबिएस पढेकाले पनि सबै रोगको उपचार गरेको पाइन्छ । के सबै एकै किसिमका हुन्छन् त ? सबैको योग्यता समान हुन्छ त ? आखिरमा दिने औषधि नै हो भनेर मान्न सकिन्छ त ? लक्षणको आधारमा उपचार गर्दा लक्षणलाई समाधान गरिन्छ भने किन त्यस प्रकारको लक्षण देखियो भन्ने उपचार पनि हुन्छ । अनि एमडि, डिएम र पिएचडि पनि त हुन्छ चिकित्सा क्षेत्रमैं । सुपर स्पेसिलिटी हुने गरेको पनि सुन्दछौँ नि, होइन र ?

अर्को उदाहरण पनि दिन सकिन्छ । जस्तो कि नर्सरी वा प्राथमिक तहमा पढ्ने विद्यार्थीले सबै विषय वा क्षेत्रको ज्ञान लिनुपर्छ । यसैगरी नर्सरी वा प्राथमिक तहमा पढाउने शिक्षकले भने सबै विषय र क्षेत्रबारे विद्यार्थीलाई जानकारी दिनुपर्छ तर माध्यमिक तहमा विषय शिक्षक नै फरक हुन्छन् । यदि स्नातकमा जाने हो भने कमन विषय निकै कम हुन्छ । स्नातकमा त शायदै कुनै विश्वविद्यालयले आप्mनो सबै फ्याकल्टीमा कुनै विषयलाई समानरूपमा एक किसिमले लागू गर्दछ । अझ स्नातकोत्तरमा त बाहिरबाट हेर्दा कुनै एक विषयमात्र देखिन्छ ।

एक विषयमा नै अनेक विषय हुन्छन् । अझ त्यसभित्र पनि विद्यार्थीले छनोट गरेर कुनै एक विषय लिन पाउने विकल्पहरू हुन्छन् । अर्थात्, प्राथमिक तहमा सबै विषय पढ्ने विद्यार्थीले स्नातकोत्तर तहमा कुनै एक फ्याकेल्टीको कुनै एक विषयभित्रको पनि धेरै विषयमध्ये चयन गर्नुपर्ने हुन्छ अर्थात् सबै विषय पढ्न पाउँदैनन्, सक्दैनन् । तापनि स्नातकको कोर्ष चाहिं एक हजार पूर्णांकको हुन्छ । यदि विद्यावारिधिलाई विचार गर्ने हो भने कुनै एक विषय होइन, शीर्षकमा उसले केही वर्ष अध्ययन वा अनुसन्धान वा दुवै गर्नुपर्ने हुन्छ । अध्ययन वा अनुसन्धान गरेर कुनै एक शीर्षकमा शिक्षार्थीले आपूmलाई पोख्त बनाउँछन् वा बनाउन सक्छन् ।

यदि विश्वविद्यालयमा औपचारिक शिक्षाको सर्वोच्च डिग्रीलाई विचार गर्ने हो भने त्यसलाई डिलिट भन्ने गरिन्छ । यो पिएचडिभन्दा माथिल्लो डिग्री हो । यदि कसैले डिलिट उपाधि हासिल गरेका हुन्छन् भने कुनै एक शीर्षकभित्रको मसिनो एकाइमा नै अति उच्च विशिष्टता हासिल गरेका हुन्छन् । यो सर्वोच्च स्थानलाई सबैले हेर्न, बुझ्न वा महसूस पनि गर्न सक्दैनन् । यदि कुनै डिलिटसित विमर्श गर्ने हो भने तिनले अझै पढ्न वा गर्न धेरै बाँकी रहेछ भन्छन् । यस कुरालाई साधारण पढेको वा लेखपढ गर्न जान्ने मानिसको अगाडि भन्ने हो भने डिलिटको पढाइबारे केही बताउने वा बुझ्ने होइन, उत्तरको लायक प्रश्न गर्ने क्षमता पनि हुँदैन, मान्न सकिन्छ । धर्म र देउताबारे पनि यही कुरा लागू हुन सक्छ ।

एउटा प्रश्न गर्न सकिन्छ : यदि कोही साधारण मानिसले डिलिटको थेसिस पढ्छ र भन्छ मैले सबै बुझिसकेको छु वा मैले केही पनि बुझिनँ । त्यसमा केही पनि छैन । यस कार्यलाई पढेको, बुझेको वा सही उत्तर दिएको मान्न सकिन्छ ?

हिन्दू देवीदेवताको सङ्ख्या, प्रकार वा कोटिको विषयमा पनि यही लागू हुन्छ । अरूहरू जो साधारण पढेलेखेका छन्, तिनले सबै उपचार गर्न सक्छन् । सबै कुराको आफैं ज्ञाता बुझ्छन् तर जो निकै धेरै पढेका छन्, तिनलाई आप्mनो पढाइबाहेक मुश्किलले विद्वताको सन्दर्भमा अन्य कुराको जानकारी छ भनी दाबी गर्छन् । उनीहरू आपूmलाई फलानो विषय मात्र जानकारी छ भन्छन् ।

अनि कतिपयले बलका देवता फलाना, धनकी देवी वा देवता फलाना, अन्नकी देवी, विद्याकी देवी, कुलका देवता वा देवी आदिबारे केवल प्रश्न गर्न सक्दछन् तर यसबारे सुपर स्पेसियालिटीयुक्त उत्तर बुझ्न वा खोज्न सक्दैनन् । एउटा सामान्य उत्तर यो पनि छ कि हरेक प्राणीमा ईश्वरको वास छ । प्राण नै पनि ईश्वर हो भन्नेहरू पनि छन् । प्राणसँगै ईश्वरको मृत्यु हुने होइन । यिनै शास्त्रहरूले भनेका छन् – आत्मा त अमर छ । आत्माको कहिल्यै नाश हुँदैन । अनि प्राण र आत्मा समान हुन् । दुर्ई नाम हुन् भनिएको पाइन्छ ।

आत्मा मर्दैन र शरीरबाट प्राण निस्कन्छ भनिन्छ । यसको अर्थ हो हरेक जीवनमा ईश्वर छ भन्नु पनि ईश्वरको व्यापकता नै हो । अनि कुन रूपमा देवता वा देवीलाई मान्ने हो, वैयक्तिक स्वतन्त्रता हो । यस अर्थमा हिन्दू धर्म निकै विशाल छ, निकै स्वतन्त्र छ । स्वतन्त्रता, व्यापकता तथा यसको हुने साधारण बोधदेखि सुपर स्पेसियालिटीभन्दा पनि माथिको डिग्रीसम्मको बोध सनातन धर्म हो । कसले कति बझ्दछ, उसको बुझाइ हो । बुझाइको साँघुरोपन साँघुरोमा बस्नेलाई थाहा हुँदैन । विशालताले नै विशालता र साँघुरोपन दुवैलाई देख्ने हो । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here