• कुमारबन्धु रुपाखेती

भारतको पहिचान ताजमहल कि राम मन्दिर भन्ने नयाँ बहस सतहमा आएको छ । ताजमहललाई सदीयौंदेखि भारतको आश्चर्य र पहिचानको रूपमा वर्णन गरी आएको थियो । ताजमहललाई संसारकै अजुबा पनि भनिन्छ । शाहजहाँले आप्mनो बेगम नूरजहाँको सम्झना अविस्मरणीय र अक्षुण्ण राख्न ताजमहल निर्माण गरेको भारतीय इतिहासकारहरूले वर्णन गर्दै आएका हुन् । भारत भ्रमणमा आउने जोकोही सर्वप्रथम ताजमहलकै अवलोकन भ्रमण गर्न पुग्दछन् । भारत भ्रमणमा आउने उच्च राजनीतिक विदेशी नेताहरूलाई समेत भारत सरकारले उच्च सम्मानका साथ ताजमहल दर्शन गराउने चलन छ ।

ताजमहलको वर्णनमा भारतले विगतदेखि नै ठूलो लगानी गरेको, यसको स्वरूप यथावत् राख्न र विदेशी पर्यटक लोभ्याउन हरसम्भव प्रयत्न गर्दै आएको छ । भारतको प्रमुख ऐतिहासिक सम्पदामध्ये ताजमहल भारत सरकारको अमूल्य ऐतिहासिक सम्पदा मानिंदै आएको हो । ताजमहल भारतको ऐतिहासिक धरोहर र सम्पदा मात्र नभई यो विदेशी पर्यटकहरूको पहिलो रोजाइ, पहिलो गन्तव्य र आर्थिक उन्नतिको प्रमुख आधारसमेत हो । माउन्ट एभरेस्ट (सगरमाथा) भनेपछि नेपाल र ताजमहल भनेपछि भारत बुझ्ने कुरा नै परम्परा हो ।

ताजमहल भ्रमणपश्चात् आप्mनो मुलुक पुग्ने थुप्रै विदेशी लेखक पर्यटकहरूले ताजमहलको वर्णनमा चार चाँद लगाएर मननीय, पठनीय लेख लेखेको पनि पाइन्छ । भनिन्छ भारत भ्रमणमा आउँदा तालमहलको सौन्दर्यले प्रभावित भई थुप्रै विदेशीहरूले सयकडौं भाषामा ताजमहलको वर्णन गरेको पाइन्छ । भारत विभिन्न जातजाति बसोवास गर्ने मुलुक भएपनि सबैले ‘वाह ताज’ भन्ने गरेको पाइन्छ ।

भारतको गौरव, शाहजहाँको नूरजहाँप्रति प्रेम, ताजमहलको बनावट, निर्माणशैली, यसको देशीविदेशी आकर्षण आदिले गर्दा यसको विश्वव्यापी लोकप्रियताबाट कोही अछूतो छैन । तर अहिले अयोध्यामा राममन्दिर निर्माण भएपछि एकाएक ताजको नाज घट्न थालेको देखिन्छ । सबैलाई ज्ञात नै छ कि बाबरी मस्जिद र राम मन्दिरको लामो विवाद अदालत, कचहरीले समाप्त गरेपछि त्यहाँ राम मन्दिर निर्माणको बाटो खुलेको थियो ।

पत्याउनुस् नपत्याउनुस् २२ जनवरीपछि अस्तिसम्म राममन्दिर दर्शन गर्न करीब ४० लाख श्रद्धालुहरू अयोध्या पुगेको भारतीय सञ्चारमाध्यम र भाजपायीहरूले बताउन थालेका छन् । यस्तो विशाल र भयङ्कर पर्यटक उपस्थिति कुनै पनि धर्मस्थलमा देखिंदैन । पर्यटकीय र धार्मिकस्थल ताजमहलको पनि यस्तो रेकर्ड छैन । कसैले होइन, धेरैले अयोध्याको राम मन्दिरलाई राममयको साथसाथ राजनीतिमयसमेत बनाइएको आरोप लगाउँछन् ।

५०० वर्ष अघि मुगल सम्राटले खोसेको स्थानमा राम मन्दिर स्थापना गरिएको इतिहासकार बताउँछन् । अहिले २०२४ मा संसारका थुप्रै मुलुकहरूमा निर्वाचन हुँदैछ, भारतमा पनि । भनिन्छ राम मन्दिरको यो तामझामसमेत निर्वाचन लक्षित छ । राम मन्दिरको व्यापक प्रचारप्रसारले हिन्दू मतदाता रिझाउने अस्त्रको काम गरिरहेको आरोप लगाउने थुप्रै छन् । रामको नाम वास्तवमा कुनै प्रचारप्रसारको मोहताज छैन । त्रेतायुगी राम सनातनी हिन्दू धर्मावलम्बीहरूको मनमनमा, कणकणमा छन् ।

यहाँहरूलाई थाहा छ कि छैन केही वर्ष अघि यही माघ महीनाको १ गते तत्कालीन माओवादीहरूको गोलीले शिर छेदन गरी हत्या गर्दा वीरगंजका तत्कालीन मेयर गोपाल गिरीले ‘हे राम’ भन्दै देह त्याग गरेका थिए ।

राम मन्दिरको अति प्रचार र अति व्याख्याले कतै ताजमहलको लोकप्रियतालाई त असर गर्ने होइन भन्ने प्रश्न भारतीय समाजमा उठ्न थालेको छ । ‘मुँह में राम, बगल मे छुरा, राम नाम जपना परायामाल अपना’ भन्ने उखान हामी हिन्दूहरूले नै बनाएका हौं । केही भारतीय विद्वान्हरूका अनुसार प्रेमको प्रतीक ताजमहल भारतको प्रसिद्ध पर्यटकीय स्थल हो भने राम मन्दिर विशुद्ध धार्मिक स्थल हो । यहाँ राजनीतिको घोल र झोल चुहाउने प्रयास हुँदैछ रे ।

हाम्रो सन्ततिलाई हामी जानकारी दिन्छौ कि बाबरी मस्जिद भत्काएर त्यो स्थानमा सन् २०२४ मा राम मन्दिर बनाइयो भन्ने एक सचेत मुस्लिमलाई उत्तरप्रदेशका मुख्यमन्त्री योगीले और हम कुछ उखाड नहीं पाए यह भी कह देना भनेर रूखो जवाफ फर्काएछन् । वास्तवमा राम मन्दिर र ताजमहल दुर्ई अलगअलग उद्देश्य लिएर बनेका ऐतिहासिक निर्माण हुन् ।

पर्यटकीय ताजमहल र हिन्दूहरूको धार्मिक राम मन्दिरको तुलना गर्ने कुरै आधार नै देखिंदैन । तर दक्षिण एशियाका मुलुकहरूमा गर्नु नगर्नु सबै राजनीतिले गराउँछ । त्यसैले म भन्छु भारतको पहिचान ताजमहल कि राम मन्दिर भन्ने सवाल नै बेतुक छ । त्यसैले त भारतमैं भन्छन्– राजनीति के मर्दाें ने वेश्याओें को भी मात दे दिया है । अल्लाह, अकबर तेरो नाम सबको सम्मति दे भगवान् । भारतको पहिचान त ताजमहल हो जस्तो लाग्छ मलाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here