काठमाडौं, १९ माघ/रासस
प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिषभ पावा तथा गौरव चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनले भने, “क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट रु एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।” उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here