प्रस, निजगढ, १८ माघ ।
निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अतिक्रमण र आबादी गरिएको जमीन बिक्री गरेको खुुलासा भएको छ ।
सो वन समूहको वन क्षेत्रमा रहेको एक कट्ठा जमीन रौतहट, चन्द्रपुुर नगरपालिका–६ की गङ्गामाया राउतले २०७५ वैशाख १३ गते दुई लाख ९० हजारमा खरीद गरेको समाचार स्रोतको दाबी छ । उक्त वन क्षेत्रको जमीन साबिक भरतगंजसिंगौल वडा नं ६ हाल निजगढ नगरपालिका वडा नं २ मा बस्ने सुशील थापाले बिक्री गरेको प्राप्त लिखतबाट देखिएको छ ।
थापाको हकभोगमा रहेको साबिक भरतगंजसिंगौल वडा नं ६ हाल निजगढ नगरपालिका वडा नं २ मा रहेको, पूर्वतर्पm लोकप्रिय आधारभूत विद्यालयको हकभोगमा रहेको, उत्तरतर्फ जोकर स्याङतानको हकभोगमा रहेको, दक्षिणतर्पm पदमबहादुर भुुजेलको नाममा रहेको, पूर्व निजगढ जाने पुुरानो बाटो यस चार किल्लाभित्र रहेको करीब नौ कट्ठा १० धुर जग्गामध्ये उक्त रकममा एक कट्ठा जमीन गङ्गामाया राउतले खरीद गरेको देखिएको छ ।
सामुदायिक वन क्षेत्रको जमीन किनबेचमा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापा, मनकुुमार थापा, यज्ञबहादुर राउत, नुुरप्रसाद अधिकारी साक्षी रहेको प्राप्त लिखतमा देखिएको छ । वनको जमीन किन्ने राउतलाई दक्षिणपश्चिम किनारा मोहडा हुनेगरी २२ हात अर्थात् ३३ फिट जमीन बिक्री गरेको उक्त लिखतमा प्रस्ट देखिएको छ ।
सो वन समूहको वन क्षेत्रमा अतिक्रमण र आबादी गराएको उजूरी परी २६ जनाविरुद्ध बारा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि वन क्षेत्रको जमीन किनबेच गरिएको उक्त लिखत प्राप्त भएको हो । यस विषयमा समेत डिभिजन वन कार्यालय, बाराले अनुसन्धान अघि बढाएको डिवका, बाराका प्रवक्ता जवाहरलालप्रसाद कुुर्मीले बताए ।