नवजान र खनाल स्मृति पुरस्कार प्रदान गर्ने निर्णय

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १७ माघ/
बाराबाट प्रकाशित कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार रौतहटका पत्रकार फणी महत तथा सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको छ । रु ५० हजार राशिको यो पुरस्कार पत्रकार महत र ठाकुरलाई जनही रु २५ हजार प्रदान गरिने कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनालले बताए ।

यसैगरी, कार्यकारी सम्पादक खनालका पिता चन्द्रप्रसाद खनालको नाममा स्थापित १० हजार राशिको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराका महिला पत्रकार शारदा पोखरेललाई पुरस्कृत गर्ने निर्णय भएको कृपा दैनिकका सम्पादक गोकुल घोरसाइनेले बताए ।

कृपा दैनिकका प्रधानसम्पादक नवराज उपाध्यायको निधनले गर्दा यो पुरस्कार विगत दुई वर्षदेखि वितरण हुन सकेको थिएन । कृपा दैनिकको २०औं वार्षिकोत्सव फागुन ५ गते पुरस्कार वितरण गरिने संस्थापक सम्पादक कमलकुमार उपाध्यायले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस