प्रस, वीरगंज, १६ माघ/
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शहीदको त्याग र बलिदानबाट देशमा प्रजातन्त्र, लोकतन्त्र र अहिले गणतन्त्र प्राप्त भएको बताएका छन् ।

शहीद दिवसको अवसरमा मङ्गलवार बिहान नारायणी अस्पतालमा रहेको शहीद थीरबम मल्लको सालिक र गण्डकस्थित शहीद तेजबहादुर अमात्यको सालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा मन्त्री रिजालले प्रजातन्त्र, लोकतन्त्र रहे मात्र नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने भएकोले यसको रक्ष्Fा गर्नु सबै नागरिकको कर्तव्य हुने बताए । उनले अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको भन्दै यसमा सबैजनालाई सजग रहन आह्वान गरे ।

नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले प्रजातन्त्र, बहुदल, मधेसका अधिकार र गणतन्त्रप्राप्तिका लागि भएका आन्दोलनमा शहादतप्राप्त शहीदको बलिदानी र त्यागकै कारण अहिलेसम्मको राजनीतिक उपलब्धि हासिल भएको भन्दै यसलाई जोगाउन लोकतन्त्रवादीहरू सजग हुनुपर्ने बेला आएको बताए ।

वीरगंज महानगरका उपप्रमुख एवं नेका, पर्साका सचिव इम्तियाज आलमले जनतालाई उकास्न गरिने सबैखाले इमानदार प्रयत्न नै शहीदप्रतिको वास्तविक श्रद्धाञ्जलि हुने बताए ।

नेका, पर्सा क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य अनिल रूँगटा, नेका पर्साका सभापति जनार्दनसिंह क्षत्रीलगायतले शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

यसैगरी, शहीद दिवसको अवसरमा नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति बाराले प्रादेशिक अस्पताल, कलैयाका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।

नेपाली काङ्ग्रेस बाराका सभापति राजेशराय यादव, क्षेत्रीय सभापति लुकेश सिंह, शिक्षक सङ्घका अध्यक्ष राजकिशोर सहनी, उपाध्यक्ष अनिला चौधरी, नजीर अन्सारीलगायतले अस्पतालमा रहेका ५७ जना बिरामीलाई फलपूmल वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here