प्रस, वीरगंज, १६ माघ/
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत–नेपालको आर्थिक, सामाजिकलगायत द्विपक्षीय हकहित र चाहनाका विषयमा समस्याहरू मात्र ननिकालेर त्यसको समाधानको बाटो पहिल्याउनुपर्ने कुरामा जोड दिएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी सदस्य र उद्योगी व्यवसायीहरूसँग वीउवासङ्घको सभाहलमा भेटघाट गर्दै राजदूत श्रीवास्तवले नेपालले उठाउने गरेका धेरै समसामयिक समस्याका समाधानका उपायहरू आपूmहरूले दिने गरेको बताए ।

उनले नेपालले गर्नुपर्ने र गर्न सक्ने धेरै कुरा रहेको र त्यो नेपालको मात्र हितमा हुने बताए । उनले पहाडी क्षेत्रमा प्रसारण लाइन विस्तार गर्न सकिएको छैन, जसले गर्दा भारतमा बिजुली बेच्न बाधक बन्न सक्ने बताए । उनले प्रसारण लाइन विस्तार गर्न नसकिएकोले अहिले नेपाललाई दैनिक रु १० करोडसम्म घाटा हुन सक्ने बताए । उनले जनकपुर–कुर्था रेल सञ्चालनमा आए पनि दक्ष जनशक्तिको कमीले क्षमता अनुसार चल्न नसकेको बताए ।

कार्यक्रममा वीउवासङ्घका अध्यक्ष अनिल रूँगटाले रक्सौलमा विमानस्थल सञ्चालनमा ल्याउन माग गरे । उनले विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको जनाउँदै रक्सौलसम्म आउने रेलवे सेवामा पनि सुधारको आवश्यकता रहेको औंल्याए ।

पूर्वअध्यक्ष एवं मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, पूर्वअध्यक्ष सुबोध गुप्ता, उपाध्यक्ष माधव राजपाल, उद्योगी जगदीश अग्रवाललगायत उद्योगीहरूले सीमामा हुने गरेका विभिन्न किसिमका जटिलताहरूका बारेमा राजदूत श्रीवास्तवलाई अवगत गराउँदै सो समस्या समाधानतर्पm पहल गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तले भारतीय रु ५०० र दुई हजारका नोट नेपालमा सञ्चालनका लागि नेपाल सरकारसँग पटकपटक कुरा राखेको तर समस्याको समाधान नभएको भन्दै यसमा भारतीय पक्षकै अवरोध त होइन भनी जिज्ञासा राखेका थिए ।

भारतीय राजदूत श्रीवास्तवले भारतीय रु ५०० र दुई हजारका नोट भारत सरकारले नभएर नेपाल राष्ट्र बैंकले निषेध गरेको प्रस्ट्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here