प्रस, वीरगंज, १६ माघ/
राजस्व छली गरी भारतबाट नेपाल भित्रिएको ३६ लाख मूल्य बराबरको सामान सशस्त्र प्रहरी पर्साले बरामद गरेको छ ।

वीरगंज–१६ स्थित भुटनदेवी मन्दिरपछाडि एउटा घरमा लुकाइराखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले सूचनाको आधारमा सामान नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी, सीमावर्ती इलाकाबाट अवैधरूपमा १० वटा साइकलमा लोड गरी ल्याउँदै गरेको जुत्ता तथा शृङ्गारका सामानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा रहेको सामानलाई आज वीरगंज भन्सारको जिम्मा लगाइएको छ । यसैगरी, जिल्ला प्रहरी कार्यालय, बाराले ४२ लाख मूल्य बराबरका विभिन्न सामानसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी चौकी पथलैयाले ना.५ख ३५५९ नम्बरको ट्रकबाट ४० लाख ४४ हजार मूल्य बराबरको खुद्रा सामान र इलाका प्रहरी कार्यालय, महेन्द्रआदर्शले आदर्शकोतवाल गापाबाट दुई लाख मूल्य बराबरको गुटखा, चुरोट बरामद गरेको जिप्रका, बाराले जनाएको छ ।

फरार सूचीका यादव पक्राउ
प्रस, वीरगंज, १६ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराले लागूऔषध मुद्दामा सजाय भएपछि फरार एकजना युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी फत्तेपुरले मङ्गलवार लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट एक वर्ष पाँच महीना छ दिन कैद र २० हजार जरिवाना भएपछि फरार सूचीमा रहेका जीतपुरसिमरा उपमहानगरपालिका–११ बस्ने ३२ वर्षीय साधु यादवलाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here