इस्लामाबाद, १६ माघ/एएनआई
पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अनवर उल हक काकरले आम चुनावका लागि राजनीतिक दलहरूले जारी गरेका घोषणापत्रमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमवार राजनीतिक दलहरूले आआफ्नो घोषणापत्रमार्पmत अर्थतन्त्रको लागि उच्च तथा दिगो योजना प्रस्तुत नगरेको उनले बताएका हुन् ।

प्रधानमन्त्री काकरले आम चुनावमा भइरहेको ढिलाइलाई औचित्य प्रमाणित गर्ने कुनै कारण नभएको आश्वासन दिएका छन् ।

उनले अन्तर्वार्तामा राजनीतिक दलका उम्मेद्वारहरूले प्रचार गरिरहेको तथा आम चुनावमा ढिलाइका बारेमा फैलिएका अफवाहहरू फेबु्रअरी ८ गते साँझ समाप्त हुने बताएका छन् ।

प्रधानमन्त्री काकरले दलहरूले अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिंदै कुनै पनि राजनीतिक दलले दीर्घकालीन आर्थिक समस्याहरू समाधान गर्न प्रभावकारी मुद्दा नल्याएको उल्लेख गरे ।

रोजगार, आश्रय, सुलभ बिजुली, खाद्य सुरक्षालगायतका विषयमा राजनीतिक दलहरूले आआफ्नो अभियानमा गरेका दाबीहरू स्थिर अर्थतन्त्रमा आकस्मिक रहेको उनको धारणा छ ।

उनका अनुसार राजनीतिक दलहरूले राजस्व उत्पादन र करको क्षेत्र विस्तार गर्ने योजना बनाउनु आवश्यक रहेको छ ।

स्क्यान्डिनेभियाली देशहरूको करको जिडिपीमा अनुदान अनुपात ९१ प्रतिशत रहेको उदाहरण दिंदै पाकिस्तानी करको जिडिपीमा अनुदान अनुपात नौ प्रतिशत मात्र रहेको काकरको दाबी छ ।

निर्वाचन अघि वा पछि भएको धाँधलीका बारेमा उनले संसद्ले विगतबाट पाठ सिकी निर्वाचनसम्बन्धी कानूनमा भएका त्रुटिहरूलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनले पर्यवेक्षकहरूले अनुगमन गर्ने, स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गतिविधिका बारेमा रिपोर्ट गर्ने, मापदण्ड अनुसार चुनाव स्वतन्त्र र निष्पक्ष हुने आश्वासन दिलाए ।

मतदानको समय फेबु्रअरी ८ गते बिहान ९ देखि साँझ ५ बजेसम्म हुनेछ । सबैले मतदान गरी आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह छ ।

यसैबीच पाकिस्तानले सङ्घीय मन्त्रीहरू तथा सरकारी अधिकारीहरूलाई चुनाव नभएसम्म विदेश यात्रा गर्न प्रतिबन्ध लगाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here