प्रस, वीरगंज, १५ माघ/
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।

बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमवार छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई गणतन्त्रको मर्म बुझाउनु नसकिएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्पm विशेष ध्यान दिनुपर्ने बताए । उनले संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले प्रत्येक नागरिकको घरसम्म पुग्नेगरी जागरण अभियान सञ्चालन गर्न सुझाए ।

उनले आम जनसमुदायसम्म संविधानको मर्म र व्यवस्थालाई जसरी प्रस्तुत गर्नुपथ्र्यो, जसरी स्वामित्व लिनुपथ्र्यो, त्यसो हुन नसकेको भन्दै जनतालाई यसबारेमा बुझाउने जिम्मेवारी स्थानीय जनप्रतिनिधिको भएको जिकिर गरे ।

संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानूनहरूको निर्माणमा उच्च प्राथमिकताका साथ काम भइरहेको बताउँदै प्रधानमन्त्रीले प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको बताए । माध्यमिक शिक्षा विधेयक संसद्मा छलफलको प्रक्रियामा रहेको बताउँदै उनले सङ्घीय निजामती सेवा ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको बताए ।

केन्द्र सरकारसँग सहयोग माग
संवाद कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले केन्द्र सरकारले वीरगंजलाई उपेक्षा गरेको प्रधानमन्त्री प्रचण्डसँग गुनासो गरे ।

उनले प्रधानमन्त्रीसँग वीरगंज आर्थिक नगरी भनेर चिनिए पनि यहाँको विकासका लागि केन्द्र सरकारले बजेट नदिएर उपेक्षा गर्दै आएको गुनासो गरेका थिए ।

उनले वीरगंज महानगरपालिकालाई सरकारले महानगरको मापदण्ड अनुसार न्यूनतम शहरी सुविधाबाट वञ्चित पार्दै आएको आरोप लगाए । उनले प्रधानमन्त्रीसँग भने– वीरगंजसँग विभेद नगरी भरतपुर, ललितपुर महानगर जस्तै सहयोग गर्न आग्रह पनि गरे ।

देशको दोस्रो ठूलो नारायणी रङ्गशालाको जीर्णोद्धार र विस्तारलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरिदिन पनि प्रधानमन्त्री प्रचण्डसँग नगरप्रमुख सिंहले प्रस्ताव गरे ।

उनले सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा वीरगंजका लागि केही ठूला परियोजना समावेश गर्न लिखित ध्यानाकर्षण गराएका थिए ।

यसैगरी, व्यवस्थित ट्रान्सपोर्ट भिलेज, १३५ वर्ष पुरानो पुराताŒिवक तथा धार्मिक महŒवको नृसिंह मन्दिर जीर्णोद्धार तथा सौन्दर्यीकरण, बिपी उद्यानमा पार्क निर्माण, श्रीसिया नदीको दुवैतर्फ तटबन्ध गरी १० किलोमिटरको कालोपत्रे सडक निर्माण, विन्ध्यवासिनी मन्दिरको सौन्दर्यीकरणका लागि पनि आगामी नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्न प्रधानमन्त्रीसँग अनुरोध गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लिखितरूपमा पेश भएका माग आगामी नीति तथा कार्यक्रममा समेट्ने गरी बजेट व्यवस्थापन गरिने आश्वासन दिए ।

संवाद कार्यक्रममा पर्साका १४ र बाराका १६ वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वीउवा सङ्घका पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here