प्रस, वीरगंज, १५ पुस/
उपकार सेवा नेपाल र शिवशक्ति घ्यू उद्योग प्रालिले वीरगंज महानगर–७ स्थित बाल विद्यामन्दिर इन्दु लाखे आधारभूत विद्यालयका विद्यार्थीलाई स्वेटर, टोपी र जुत्ता सहयोग गरेका छन् ।

विद्यालयमा अध्ययनरत दुई सयजना बालबालिकालाई टोपी, स्वेटर र जुत्ता सहयोग गरिएको थियो । कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगी, सदस्यहरू सुमन बगेडिया र अङ्कुर शर्मा, शिवशक्ति घ्यू उद्योगका लेखाप्रमुख ललितकुमार शर्मा, प्रशासकीय अधिकृत प्रमोदकुमार पटेल, अशोक कुशवाहालगायतले विद्यालयका प्रधानाध्यापक रामाधार साहलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदेश लाखे, सदस्य नरोत्तम पाण्डे, बबिता अधिकारीलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन उमेश गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here