प्रस, रौतहट १५ माघ/
इलाका प्रहरी कार्यालय, मौलापुरले मौलापुर नगरपालिका–५ बाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ना.१३प ४१९२ नम्बरको मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–८ विजयपुर बस्ने २८ वर्षीय सञ्जयकुमार दासलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । उनको साथबाट नाइट्रोभ्याट २८९ थान बरामद भएपछि पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here