साझेदारी वनको निर्वाचन स्थगित

प्रस, रौतहट, १४ माघ/
रङ्गपुर साझेदारी वन व्यवस्थापन समूह, चन्द्रपुरको आइतवार हुने घोषित निर्वाचन स्थगित भएको छ । हिजो घोषणा भए अनुसार आज निर्वाचन हुने भनिए पनि समयाभाव तथा प्राविधिक समस्याका कारण स्थगित भएको निर्वाचन अधिकृतले जनाएका छन् । हिजो साधारणसभा सम्पन्न भएर निर्वाचनको लागि मनोनयन दर्ता भएको थियो । अध्यक्ष तथा दलित पदको उम्मेदवारमा एक/एक जनाको उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भएका तथा उपाध्यक्ष, तीन महिला पद, सात खुल्ला सदस्य तथा एकजना आदिवासी जनजाति पदका लागि आज निर्वाचन घोषणा गरिएको थियो । स्थगित निर्वाचन सोमवार बिहान १० बजेदेखि हुने निर्वाचन अधिकृतले बताएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्