प्रस, पोखरिया, १४ माघ/
दिव्य विकास स्रोत केन्द्र, पर्सा र दिव्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त सहयोग तथा दिव्य जीवन कोष बिरञ्चीबर्वाको आयोजनामा कालिकामाई गाउँपालिका–५ मा आइतवार कम्बल वितरण गरिएको छ ।

दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष उमेशप्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाका १५० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष जयनारायण कुर्मी, रामाकान्त कुर्मी, सचिव बृजकिशोरप्रसाद चौहान, कोषाध्यक्ष कन्हैया प्रसादलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here