प्रस, सेढवा, १४ माघ/
जगरनाथपुर गाउँपालिकामा आइतवार एकजना युवतीले आत्महत्या गरेकी छन् । वडा नं १ पिपडाढी निवासी जीतेन्द्र महतो नुनियाकी १८ वर्षीया छोरी निभा कुमारीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आज बिहान ६ बजे घरको दलिनमा पासो लगाइ झुन्डिएको अवस्थामा निभाको शव भेटिएको प्रहरीले जनाएको छ । शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको छ ।
निभा गत वर्ष एसइई परीक्षामा असफल भएपछि यस वर्षको एसइई परीक्षाको तैयारी गर्दै थिइन् ।
एक साताअगाडि जगरनाथपुर गापा–२ लक्ष्मीपुरमा एकजना युवक र युवतीले सँगै आत्महत्या गरेका थिए ।