प्रस, वीरगंज, १४ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराले लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

हिजो दिउँसो महागढीमाई नगरपालिका–१ बरियारपुरमा मोटरसाइकल चेकजाँच गर्दा सुवर्ण गाउँपालिका–७ सनफुलवा बस्ने ४१ वर्षीय उमेशकुमार यादवबाट १०२ ग्राम ब्राउनसुगर बरामद भएको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

मोटरसाइकलमा सवार उनको शरीरमा लुकाएको अवस्थामा प्रहरीले ब्राउनसुगर बरामद गरेको र लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बताए ।

यसैगरी, इलाका प्रहरी कार्यालय, जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका–७ बोर्डिङटोल बस्ने ३१ वर्षीय ममताज खानलाई पक्राउ गरी अदालतमा हाजिर गराएको छ । चोरी मुद्दामा डेढ महीना कैद र दुई लाख १६ हजार जरिवाना भएपछि फरार सूचीमा रहेका उनलाई हिजो पक्राउ गरिएको र अदालतमा पेश गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here