• अनन्तकुमार लाल दास

के शिक्षकले सबै विद्यार्थीको नाम भन्न सक्छ ? शिक्षकको अस्तित्व नै विद्यार्थीसँग जोडिएको हुन्छ, विद्यालयसँग गाँसिएको हुन्छ । सामान्यतया शिक्षक हुनका लागि ऊसँग शिक्षण संस्थान हुनुप-यो । उसले प्रदान गर्ने ज्ञान ग्रहण गर्ने पात्र हुनुप-यो अर्थात् विद्यार्थी हुनुप-यो । त्यसैले शिक्षक र विद्यालय, शिक्षक र विद्यार्थीबीच नङ्ग र मासुको सम्बन्ध हुन्छ । विद्यालय र विद्यार्थी नभए शिक्षक किन चाहियो ? शिक्षक आपैंmमा अपूर्ण छ, अधूरो छ । ऊ आपैंmले केही गर्न सक्दैन । ऊसँग पाठशाला नामक एउटा मञ्च हुनुप-यो र शिक्षा ग्रहण गर्ने विद्यार्थी हुनुप-यो । यसरी शिक्षक र विद्यार्थीबीच सम्बन्ध हुन्छ र शिक्षक तथा पाठशालाबीच सम्बन्ध हुन्छ ।

सैद्धान्तिकरूपमा शिक्षक र विद्यार्थीबीच यस्तो साइनो भएपछि एउटा प्रश्न सान्दर्भिक भएर आउँछ । के शिक्षक आप्mनो कक्षाका सबै विद्यार्थीलाई अनुहारले चिन्दछ, नामले परिचित छ, उसको प्रतिभासँग जानकार छ ? के हाम्रा शिक्षकहरू त्यस्ता छन् वा तपाईं हामी जो शिक्षण पेशामा छौं, के हामीले आप्mना विद्यार्थीको नाम एक–एक गरी भन्न सक्छौं ? मलाई लाग्छ अहिले निजी वा सरकारीतिरका बहुसङ्ख्यक शिक्षकले भन्न सक्दैनन् । किन सक्दैनन् ? यो प्रश्न पनि महŒवपूर्ण हो । वर्षभरि एउटै कक्षामा पढाइराखेको, दिनहुँ कक्षा अवधिमा अन्तक्र्रिया गरिरहेको विद्यार्थीको नाम शिक्षकलाई किन कण्ठ भएन ? आज यस स्तम्भका पाठकहरूसँग पनि प्रश्न छ । एउटा शिक्षकले प्रत्येक विद्यार्थीको नाम जानीराख्नुसँग शिक्षाको गुणस्तरको साइनो छ कि छैन ? नाम कण्ठस्थ नहुँदैमा के गुणस्तरयुक्त पढाइ हुन सक्दैन ? एकपटक तपाईं पाठक पनि सोच्नुस् ।

बितेको शनिवार मैले एउटा निजी विद्यालयका प्रधानाध्यापकसँग यही प्रश्न सोधें । उनको तर्क थियो यो कोणबाट हामीले सोचेका छैनौं । शिक्षा क्षेत्रमा केही गरौं भन्ने भावना हुनेहरूका लागि यस प्रश्नले झस्काउँछ । अहिलेको यथार्थ के हो भने प्रायः शिक्षकहरू आप्mना सबै विद्यार्थीको नाम भन्न सक्दैनन् । मैले यही प्रश्न शनिवारको चिया गफमा पत्रकार मित्र चन्द्रकिशोरसँग सोधें–“शिक्षाको गुणस्तर अभिवृद्धिमा सघाउ पु-याउने रचनात्मक तथा उपयोगी माध्यम भनेको सबै विद्यार्थीको नाम र अनुहारसँग परिचित हुनु होइन र ?” उनी एकछिन गम्भीर भए र चियाको घुटको निल्दै भने–“शिक्षा सुधारका निम्ति हालसम्म शिक्षक र विद्यार्थीलाई लक्षित गरेर थुप्रै योजना र कार्यक्रम बने, क्रियाकलाप भए तर शिक्षण सिकाइका अर्को महŒवपूर्ण कडी यी दुईबीचको सम्बन्ध भने सर्वथा उपेक्षित रह्यो ।” जन्मेदेखि स्कूल जानु पहिलेसम्म तीन–चार वर्ष सबै केटाकेटी पूरा समय घरमैं बस्छन् जहाँ तिनले अभिभावकरूपी प्रथम शिक्षकसित साक्षात्कार गर्ने मौका पाउँछन् । उनीहरूमा घर, परिवारका ठूला मानिसको सोच, व्यवहार र बोलीचालीको सबैभन्दा धेरै प्रभाव र असर पर्छ । त्यसैले शिक्षण सिकाइ प्रक्रियामा घर बालबालिकाको व्यक्तित्व विकासको एउटा पाटो हो र त्यसमा पनि आमाबुवाको भूमिका र प्रभाव सर्वाधिक शक्तिशाली हुन्छ । परिवारबाट पाउने अनौपचारिक शिक्षा स्कूल कलेजमा दिइने औपचारिक शिक्षाभन्दा कता हो कता गहिरो हुन्छ । समाज र समुदाय, जीवन र जगत, नैतिकता र मूल्य–मान्यता अनि आचरण र व्यवहार सम्बन्धी यावत धारणा तथा संस्कार आमाबाबुमार्पmत शिशु अवस्थादेखि नै केटाकेटीमा स्थापित भइरहेको हुन्छ र त्यसै अनुरूप तिनको व्यक्तित्व निर्माण हुँदै जान्छ ।

आजको सन्दर्भमा शिक्षण कार्यमा पूर्ण समर्पित एउटा व्यावसायिक शिक्षकलाई परिवारपछिको पहिलो शिक्षकको कोटिमा राख्न सकिन्छ । एउटा राम्रो शिक्षकले प्रत्येक बालबालिका अरू सबैभन्दा पृथक र असीम सम्भावना बोकेको स्वतन्त्र व्यक्ति हो, जसको आप्mनै जीवनोद्देश्य हुन्छ भन्ने कुरा स्वीकार गरेको हुन्छ । केटाकेटीहरू जैविक दृष्टिले आमाबाबुका प्रतिरूप र विस्तार हुन् । त्यसैले तिनमा आमाबाबुको गहन भावनात्मक लगाव हुनु, तिनलाई आप्mनो चाहना अनुसारको बनाउन खोज्नु र त्यस क्रममा जस्तोसुकै दबाब दिन पनि हच्कँदैनन् । प्रत्येक अभिभावकले आप्mनो बुद्धि, संस्कार र परिवेश अनुसार आप्mनो सन्तानलाई प्रभाव पारिराखेको हुन्छ । ठीक त्यसैगरी प्रत्येक शिक्षक एउटा विद्यार्थीका लागि ‘आइकन’ हो । कुनै शिक्षक जसलाई विद्यार्थीले बढी मन पराइराखेको हुन्छ वा अर्को शब्दमा भनौं जुन शिक्षकबाट कुनै विद्यार्थी बढी प्रभावित भएको हुन्छ उसले शिक्षकको कपाल कोर्ने शैली, बोल्ने र हिंड्ने शैली, खल्तीमा कलम राख्ने तरीका, झट्ट हेर्दा साना र सामान्य लाग्ने यस्ता अनेकौं कुरा विद्यार्थीहरूले अनुकरण गरिराखेका हुन्छन् । म आपूm पनि खासगरी प्राथमिक र माध्यमिक तहका शिक्षकहरूको जीवन शैलीबाट अहिलेसम्म गहिरोसँग प्रभावित छु । यसले के देखाउँछ भने परिवार पछि विद्यालयबाट विद्यार्थीहरू निकै प्रभावित हुन्छन् । त्यसैले एउटा कोणबाट भन्नुपर्दा जैविक दृष्टिले सन्तान आमाबाबुका प्रतिरूप र विस्तार हुन् भने मानसिक र वैचारिकरूपमा एउटा असल शिक्षकका प्रतिरूप र विस्तार हुन् । जहाँ शिक्षक र विद्यार्थीबीच यस्तो सम्बन्धको कुरा हामी गरिराखेका छौं त्यहींनिर यो प्रश्न सान्दर्भिक भएर मुखरित हुन्छ ।

आजभोलि शिक्षा क्षेत्रमा जवाफदेहिता भन्ने प्रश्न निकै जोरदार ढङ्गले उठाइन्छ । यो जवाफदेहीभित्र शीर्षकले जोडेको प्रश्नको उत्तर पनि छ । एउटा शिक्षक कति रुचिका साथ, कति लगावका साथ कक्षामा उपस्थित हुन्छ ? राम्रो शिक्षक बन्नका लागि प्रत्येक विद्यार्थीसँग सघन अन्तक्रिया गर्न सक्नुपर्छ । विद्यार्थीसँग एक–एक गरेर परिचित हुन सकेन भने एउटा शिक्षकले जतिसुकै फुर्ति दिए पनि त्यसलाई सफल शिक्षण गरेको मानिंदैन । एउटा सफल शिक्षक विद्यार्थीको नाम, उसको अनुहार र उसको सामथ्र्यबाट परिचित हुनुपर्छ । मानौं कक्षाकोठामा शिक्षकले नाम नभनिकन–ए १ कुनामा बसेको, घडी लगाएको, फुच्चे भनेर कुनै विद्यार्थीलाई बोलायो भने विद्यार्थी ‘इरिटेट’ हुन्छ । उसले आपूmलाई अपमान गरेको ठान्छ । त्यहाँनिर शिक्षकको अयोग्यता झल्किन्छ । शिक्षकले कक्षा कोठामा आपूmलाई केन्द्रिकृत गर्न नसकेको देखाउँछ । विद्यार्थीलाई सम्मानजनक परिवेश कक्षाकोठामा उपलब्ध गराउन र मर्यादित तरीकाले अन्तक्रिया गर्न पनि ऊसँग परिचित हुनैपर्छ । प्रत्येक विद्यार्थीको ग्रहण क्षमता फरक–फरक हुन्छ, तर एउटा राम्रो शिक्षकले सक्दो प्रयास गरेर सबैलाई उकास्न खोज्छ । त्यसैले वैज्ञानिक शिक्षण प्रणालीभित्र यो विषय जोडिनुपर्छ ।

तपाईं कति समयबद्ध भएर कक्षा कोठामा पुगिराख्नुभएको छ ? तपाईं कति जानकारी प्रदान गर्न सकिराख्नुभएको छ ? तपाई कक्षामा कतिको तयारीका साथ जानुहुन्छ वा तपाईं विद्यार्थीले सोधेका प्रश्नहरूको जवाफ कतिको दिनुहुन्छ ? त्यसैगरी तपाईंले विद्यार्थीको गृहकार्यमा कतिको ‘फिडबैक’ दिनुहुन्छ । मानौं यो सबै काम व्यवस्थितरूपले भइरहेको छ । चाहेको र खोजेजस्तो भइराखेको छ तर पनि शिक्षण प्रक्रियामा चुक भइराखेको हुन्छ यदि तपाईं शिक्षक सबै विद्यार्थीको नामबाट एकएक गरी परिचित हुनुहुन्न भने । यदि कुनै शिक्षकले सबै विद्यार्थीको नाम भन्न सक्दैन भने यो उसको अयोग्यता मानिनुपर्छ । यस्तो नगर्ने शिक्षकलाई उसले जतिसुकै भने पनि असल शिक्षण गर्न नसकेको मान्न कर लाग्छ ।

वीरगंजका विद्यालयहरूमा क्रियाशील शिक्षकहरूसँग यो प्रश्न सोधियो भने निराशाजनक अवस्था देखा पर्छ किनभने यहाँ एउटा ‘हेल्मेट शिक्षक’को जमात छ जो विद्यालय–विद्यालयमा गोलचक्कर लगाइरहन्छ । यस्ता शिक्षक एउटा विद्यालयमा पुगेका हुँदैनन् कि अर्को विद्यालयमा पुग्ने हतार हुन्छ । अर्को शिक्षक छ, जो दिनभरि विद्यालयमैं हुन्छ, तर उसमा समर्पणभाव हुँदैैन । उसमा आप्mनो जवाफदेहिताप्रति संवेदनशीलता हुँदैन । केही यस्ता पनि छन् जो शिक्षण पेशामा आएका छन् तर यसलाई बाध्यताको रोजाइ ठान्छन् । कोही छन् जसलाई लाग्छ कि विद्यालयले मलाई ठगेको छ र मैले पनि विद्यालयलाई ठग्नुपर्छ । केही यस्ता झोले शिक्षकहरू छन् जसले दल विशेषका नेताहरूको नाम त घोकेका हुन्छन् तर आप्mनै विद्यालयका विद्यार्थीहरूसँग परिचित छैनन् । केही यस्ता शिक्षकहरू पनि छन् जो आउँछन्, पढाउँछन् र खाली समय विद्यालय र विद्यार्थीसँग सम्बन्धित काम नगरेर घरायसी काममा मस्त हुन्छन् । केही यस्ता विद्यालय पनि छन् जहाँका प्रधानाध्यापक नै आप्mना शिक्षकहरूको नाम शुद्ध–शुद्ध भन्न सक्दैनन् । यो आपैंmमा त्रासदी हो ।

यो स्तम्भ पढ्ने विद्यार्थीहरूले आप्mनो विद्यालयमा शिष्टतापूर्वक यस प्रश्नसम्बन्धी अभ्यास गर्न सक्छन् । त्यो भनेको तपाईं शिक्षकलाई कक्षा कोठामा भन्न सोध्न सक्नुहुन्छ सर, मेरो नाम के हो ? जहिले पनि कक्षाकोठामा प्रायः शिक्षकले सोध्ने गर्छन्– तिम्रो नाम के हो ? अब तपाईं सोध्नुस् । यस अभ्यासले शिक्षकलाई झट्का दिन सक्छ । प्रधानाध्यापकहरूले पनि आप्mना शिक्षकसँग यस प्रकारको प्रयोग गर्न सक्छन् । यस्तो पनि हुन सक्छ कोही धूर्त शिक्षक सबै विद्यार्थीको नाम बताउन सक्छन् तर पढाउनमा सिफर । यस विषयमा छलफल गर्दा यस कुरालाई पनि ध्यानमा राख्नुपर्छ अनिमात्र यस प्रश्नले बोकेको अर्थभाव प्राप्त गर्न सकिन्छ । तर यस प्रश्नबारे एकपटक सबै विद्यालयमा प्रयोग गर्ने अभ्यास गर्दा यसले शैक्षिक गुणस्तर अभिवृद्धिको बहसलाई ‘टानिक’ नै प्रदान गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here