चीसोमा पानी तताउनको लागि इमर्सन रड प्रयोग गरिन्छ । यो एउटा सस्तो र सजिलो तरीका हो तर यसको प्रयोग गर्दा गलती भएमा ठूलो क्षति हुन सक्छ । कयौंपटक इमर्सन रडको प्रयोग गर्दा करेन्ट पनि लाग्छ साथै इमर्सन रड जल्ने पनि गर्छ । तसर्थ केही टिप्सको मदत लिएर सावधानीपूर्वक यसको प्रयोग गर्नुपर्छ ।

इमर्सन रडको प्रयोग गर्ने समय सदैव प्लास्टिकको बाल्टिन प्रयोग गर्नुपर्छ । फलाम वा स्टीलको बाल्टिन प्रयोग गर्दा करेन्ट लाग्ने खतरा रहन्छ । इमर्सन रडलाई पानीमा डुबाएपछि चालू गर्नुपर्छ । यदि पानी कम छ भने रड जल्न सक्छ । इमर्सन रडलाई आवश्यकताभन्दा बढी समयसम्म चालू राख्नाले बाल्टिन पग्लिन सक्छ वा रड जल्न सक्छ ।

इमर्सन रडलाई पानीबाट बाहिर निकाल्दा करेन्ट लाग्न सक्छ । पानीको तापमान चेक गर्नको लागि स्विच बन्द गरेपछि मात्रै रड बाहिर निकाल्नुपर्छ । जहिले पनि इमर्सन रड गुणस्तरीय किन्नुपर्छ । यसको प्रयोग गर्नुभन्दा पहिले निर्देशन ध्यानपूर्वक पढ्नुपर्छ । इमर्सन रडलाई बच्चा र पालुवा जनावरदेखि टाढा राख्नुपर्छ । धेरैजसो मानिस पानी तताउने हतारमा हिटिङ रडलाई पहिले नै अन गर्छन् र त्यसपछि बाल्टिनमा राख्छन् । यो ठूलो गलती हुन सक्छ किनभने यसबाट करेन्ट पनि लाग्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here